बुर्तिबाङ : नेकपा एमालेको पूर्ण प्रथम बैठक ढोरपाटन नगरपालिकाको बुर्तिबाङमा सम्पन्न भएको छ । माघ २१ र २२ गतेका लागि आयोजना गरीएको बैठकको पत्रकार सम्मेलन मार्फत जानकारी गराउँदै बागलुङ जिल्ला पश्चिम ढोरपाटन, निसी तमानदेखि कालिगण्डकीको तिरसम्म छ भन्ने सन्देश स्वरुप बुर्तिबाङमा बैठक सम्पन्न गरेको बताइएको छ । विकास र समृद्धि दुर्गम क्षेत्रबाट अगाडी बढाउने सन्देशसहित
बुर्तिबाङमा पार्टीको नवनिर्वाचित पदादिकारीले बैठक सम्पन्न गरेको जिल्ला अध्यक्ष हिरा बहादुर केसीले पत्रकार सम्मेलन मार्फत जानकारी दिए । जिल्ला अध्यक्ष हिरा बहादुर के.सीको अध्यक्षतामा भएको पहिलो पूर्ण बैठकबाट जिल्ला कमिटीमा पार्टीको विधान अनुसार २२ जना सदस्य थप गरेको छ । मनोनित सदस्यहरुरीमा जित बहादुर काउचा, यमीकला थापा, खगेन्द्रमान बुढा, दिलिप थापा, रुद्र बहादुर पुन, नर बहादुर क्षेत्री, भिम बहादुर चन्द, सन्तोष पोखरेल, हिरा बहादुर विक., चित्र बहादुर भण्डारी, सरिता विक.रहेका छन । त्यसैगरी
समितिमा सता बोगटी, रुद्र बहादुर केसी, कृष्ण गौतम, आनन्द आर्चाय, गोविन्द खड्का, मन बहादुर लामिछाने, खडक बहादुर पुन, झविन्द्र बुढाथोकी, छेला नेपाली, नन्दे सुनार, जमुना शर्मा ढकाललाई चयन गरिएको हो । त्यसैगरी बैठकले २८ सदस्य जिल्ला कमिटी सचिवालय गठन गरेको छ । समितिमा हिरा बहादुर केसी., लक्ष्मण पुन, विष्णु भुसाल, गणेश बहादुर थापा मगर, डम्मर श्रीस, विष्णु प्रसाद शर्मा, खुम बहादुर भण्डारी, करमती पुन लगायत रहेका छन् । बैठकले विभिन्न विभागीय जिम्मेवारी तोकिएको छ ।
स्कुल विभागमा जिल्ला अध्यक्ष हिरा बहादुर केसी, अर्थ तथा योजना विभागमा लक्ष्मण पुन, आर्थिक विभागमा विष्णु भुसाल, संगठन विभागमा गणेश बहादुर थापा मगर, मोर्चा संगठन विभाग तर्फ डम्मर श्रीस, प्रचार विभागमा चन्द्र गणेश शर्मा, स्थानीय विकास विभागमा अम्मर बहादुर थापा मगर, उद्ययोग वाणिज्य विभागमा पुनम प्रसाद शर्मा, न्याय तथा कानुन विभागमा खिमबहादुर घर्ती, निर्वाचन विभागमा खिम बहादुर घर्ती, प्रर्यटन प्रवद्धन विभाग तर्फ खिम बहादुर थापा, सह इन्चार्जमा फरेन्द्र थापा चयन भएका छन् ।
बैठकले युवा तथा खेलकुद विभागमा सम्पन्न श्रेष्ठ इन्चार्ज र रेशम घर्ती सहइन्र्चाज रहेको समिति गठन गरेको छ । बैठकले अन्य विभिन्न क्षेत्र, भुगोल र फाँटको जिम्मेवारी दिँदै नेतृत्व चयन गरेको छ । पालिका स्तरको अधिवेशन तथा बैठक हुँन बाँकी रहेकोमा माघ २९ गते सम्पन्न गर्ने, वडाको बैठक तथा अधिवेशन फाल्गुन पहिलो हप्ता गर्ने,
फाल्गुन २१ सम्म टोल कमिटी गठन गर्ने, फाल्गुन मसान्त भित्र जनप्रतिनिधसिंग अन्तरक्रिया गर्ने र फाल्गुन मसान्त भित्र प्रदेश सभा निर्वाचन क्षेत्र स्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
निर्णय गरेको एमाले बागलुङले जनाएको छ । केन्द्रीय कमिटी उपमहासचिव तथा प्रचार विभाग प्रमुख एवं गण्डकी प्रदेशका मुख्य मन्त्री पृथ्वी सुब्बा गुरुङको प्रमुख आतिथ्यतामा आयोजित उद्घाटन सत्रको कार्यक्रममा केन्द्रीय कमिटी सचिव पद्मा अर्याल, पोलट व्युरो सदस्य जगत विश्वकर्मा, लिल बहादुर थापा मगर, मन कुमारी जि.सी, केन्द्रिय सदस्य गोविन्द बहादुर नेपाली, सह इन्चार्ज इन्द्रलाल सापकोटा,
डा. सुर्य पाठक, सावित्रा राना, केन्द्रीय सदस्य कृष्ण के.सी, गण्डकी प्रदेश अध्यक्ष नवराज पौडेल लगाएत नेता कार्यक्रताको विशेष उपस्थितीमा पहिलो पूर्ण बैठक सम्पन्न भएको हो । पत्रकार सम्मेलन कार्यक्रम जिल्ला अध्यक्ष कृष्ण बहादुर के.सीको अध्यक्षता, जिल्ला सचिव विष्णु भुसालको सञ्चालनमा सम्पन्न भएको हो ।
पार्टीले मध्यपहाडी लोकमार्ग समयमै निर्माण सम्पन्न हुनुपर्ने, ढोरपाटन जलविधुत परियोजना निर्माण लगाएत विभिन्न ९ वटा एजेण्डामा समेत छलफल गरी महत्वपूर्ण विषयका रुपमा निर्णय गरेको बताइएको छ ।