दुर्घटना

बागलुङकाे बडिगाडमा माेटरसाइकल दुर्घटना हुँदा दुई जना गम्भीर

बागलुङकाे बडिगाडमा माेटरसाइकल दुर्घटना हुँदा दुई जना गम्भीर

  • माघ २६, २०७८ बुधवार
  • ०८:०८:५८ बजे
  • 3.2K
    SHARES
  • बागलुङकाे बडिगाडमा माेटरसाइकल दुर्घटना हुँदा दुई जना गम्भीर

    बागलुङ : बागलुङकाे बडिगाडमा माेटरसाइकल दुर्घटना हुँदा २ जना गम्भीर घाइते भएका छन् । मध्यपहाडी लाेकमार्ग अन्तर्गत बडिगाड गाउँपालिका वडा नम्बर ६ मा मोटरसाइकल दुर्घटना हुँदा २ जना गम्भिर घाइते भएकाे प्रहरीले जनाएकाे छ । बडिगाड हुँदै निसीखोला तर्फ जाँदै गरेको लु ५१ प ५८५२ नम्बरको

    मोटरसाइकलले बडिगाड गाउँपालिका वडा नम्बर ६ को एक्लेखेत नजिकै पैदलयात्री वडा नम्बर ६ ठुलाबेसीका १३ वर्षीय अन्जान थापालाई ठक्कर दिँदा उनी र माेटरसाइकलमा सवार अर्दुका एक जना घाइते भएका हुन् । उनको खुट्टाको र टाउकोमा गम्भीर चोट लागेको छ । यस्तै मोटरसाइकलको पछाडी बसेका निसीखोला गाउँपालिका वडा नम्बर ३ का २६ वर्षीय नवीन चन्द पनि गम्भीर घाइते भएकाे प्रहरीले जनाएकाे छ ।

    उनको दायाँ हातमा चोट लागेको प्रहरी चौकी खाराका असही गुरूप्रसाद न्यौपानेले जानकारी दिए । घाइते दुवै जनाको अवस्था गम्भीर रहेका हुँदा बडिगाड पोलिक्लिकमा सामान्य उपचारपछि पाल्पा रिफर गरिएको बताइएकाे छ । मोटर साइकल चालक निसीखोला गाउँपालिका वडा नम्बर ३ का लोक बहादुर चन्दको अवस्था भने सामान्य रहेको छ । मोटरसाइकल र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

  • सम्बन्धित विषय:

  • # माेटरसाइकल दुर्घटना

  • बागलुङ पोस्ट

    सम्बन्धित समाचार