शर्लिनलाई पक्राउ नगर्न अदालतको आदेश

शर्लिनलाई पक्राउ नगर्न अदालतको आदेश

  • माघ २६, २०७८ बुधवार
  • ०९:५३:५० बजे
  • 4.7K
    SHARES
  • शर्लिनलाई पक्राउ नगर्न अदालतको आदेश

    एजेन्सी : पोर्न फिल्म रेकेट मामलामा भारतको सर्वोच्च अदालतले अभिनेत्री शर्लिन चोपडालाई पक्राउ नगर्न आदेश दिएको छ । शर्लिनले सर्वोच्च अदालतमा बम्बई हाइ कोर्टको उनको अग्रिम जमानत खारेज गर्ने

    फैसलाविरुद्ध अपिल गरेकी थिइन् । अदालतले अपिलप्रति महाराष्ट्र सरकारलाई नोटिस जारी गरेको छ । ‘नोटिस जारी गरिएको छ । यही बीच अपिलकर्ताको विरुद्ध कुनै पनि दण्डात्मक कारवाही नगर्नुहोला’, आदेशमा भनिएको छ ।

    शर्मिलनका वकिल सुनील फर्नान्डिजले यो मामलाका अन्य आरोपीहरुलाई पहिला नै सुरक्षा दिइसकेको बताए । मामलाको एक मुद्दामा शर्लिनलाई अभिनेत्री पुनम पाण्डेसँग आरोपी बनाइएको छ ।

    अदालतले गत जनवरी १८ मा पुनम पाण्डेलाई पनि पक्राउमा रोक लगाउँदै सुरक्षा प्रदान गरिएको थियो । उच्च अदालतले शर्लिनको अग्रिम जमानत अपिल गत वर्षको नोभेम्बर २५ मा खारेज गरिदिएको थियो ।


    बागलुङ पोस्ट

    सम्बन्धित समाचार