विकासले गति लिँदै

तमानखोला गाउँपालिकाको २७ वटै बस्तीमा सडक 

तमानखोला गाउँपालिकाको २७ वटै बस्तीमा सडक 

  • फाल्गुण २, २०७८ सोमवार
  • ०८:२७:०४ बजे
  • 9.6K
    SHARES
  • तमानखोला गाउँपालिकाको २७ वटै बस्तीमा सडक 

    बुर्तिबाङ : जिल्लाको तमानखोला गाउँपालिका बागलुङकै दुर्गम र भुगालेको हिसाबले जिल्ला सदरमुकामदेखि निकै टाढा रहेको क्षेत्र मानिन्थ्यो । सडक सञ्जाल नजोडिएको, शिक्षा, स्वास्थ्य, तथा चेतना स्तरका हिसावले समेत दुर्गम मानिने तमानखोलाले पछिल्लो पाँच वर्षमा मुहार फेरिसकेको छ । 

    खुङ्खानी नर्जादेखि सडक अभावकै कारण गाउँमा कोहि बिरामी पर्दा गाउँलेले पालैपालो डोकोमा दिनभर लगाएर बिरामी बोकेर उपचारका लागि बुर्तिबाङसम्म ल्याउनु पर्ने बाध्यता थियो । पछिल्लो समय खुङ्खानी, नर्जा, पात्ले, भित्रिवन लगायत अति दुर्गम मानिने बस्तीमा समेत निरन्त सवारी सञ्चालन हुन थालेपछि स्थानीयको अवस्था फेरिएको छ । सडक पुगेपछि प्रमुख व्यापारीक केन्द्र बुर्तिबाङसम्म डेढ घण्टामै आइपुग्न सकिन्छ ।

    विहान आएपछि सामान खरिद गरेर तमानखोलाका सबै नागरिक साँझ घर फर्कन सक्ने भएको वडा नम्बर ६ का अध्यक्ष कुल बहादुर छन्त्यालले बताए । बुर्तिबाङदेखि गाउँपालिकाको केन्द्र बोङगादोभानसम्म अब १२ महिना सिधा सवारी चल्ने गरी मोटरेवल पुल सञ्चालमा आएका छन् । अब बोङगादोभानदेखि गाउँ छिर्ने मुख्य नाका रहेको क्षेत्रमा समेत मोटरेवल पुल बन्ने तयारीमा छ । 

    ६ वडा रहेको पालिकाका २७ गाउँ बस्ती छन् । गाउँका सबै बस्तीमा सडक सञ्जाल पुगिसकेको छ । नागरिकले घरदेखि पाँच मिनेट पैदल यात्रा गरेमा मोटर चड्न सक्ने गरी सडक सञ्जाल जोडिएको छ ।  गाउँपालिका अध्यक्ष जोकलाल बुढाले सबै बस्तीमा १२ महिना सवारी चल्ने गरी सञ्चालन गर्न अझै समय लाग्ने बताए । दीर्घकालिन विकासको रुपमा सडकलाई लिइएको भन्दै सबै बस्तीमा ट्रयाक जोड्ने काम भए पनि

    अब सडक चौडा पार्ने, नाली निर्माण गर्ने र निरन्तर सवारीका साधन चल्ने गरी काम सुरु गरेको अध्यक्ष बुढा मगरले बताए । ‘तमानखोलामा खोलानाला बढि रहेका कारण मोटरेवल पुल आवश्यक छ, पुल निर्माणका लागि पहल गरेका छौँ’ उहाँले भन्नुभयो ‘हालसम्म गाउँपालिका भित्रिने दुई मोटरेलव पुल बनिसकेका छन्, एउटा बन्ने तयारीमा छ, मोटरेवल पुल निर्माण भएपछि नागरिकको जिवनस्तर थप सुधार हुनेछ ।’


    छबिलाल पाण्डे

    उहाँ बागलुङ पोस्ट डटकमका संवाददाता हुनुहुन्छ ।

    सम्बन्धित समाचार