नेपाली काँग्रेस बागलुङ क्षेत्र नम्बर २ मा महासमिति सदस्य चयनका लागि छलफल  

नेपाली काँग्रेस बागलुङ क्षेत्र नम्बर २ मा महासमिति सदस्य चयनका लागि छलफल  

  • फाल्गुण ७, २०७८ शनिवार
  • २१:४३:१९ बजे
  • 2.5K
    SHARES
  • नेपाली काँग्रेस बागलुङ क्षेत्र नम्बर २ मा महासमिति सदस्य चयनका लागि छलफल  

    बुर्तिबाङ : नेपाली काँग्रेसको १४ औँ महाधिवेशनबाट छनौट हुन बाँकी रहेको महासमिति सदस्यको निर्वाचन बागलुङको क्षेत्र नम्बर २ मा सुरु भएको छ । १४ औँ महाधिवेशनबाट निर्वाचित भएका २६ पदादिकारी मध्ये महासमिति सदस्यमा ११ सदस्य नियुक्त हुन पाउने व्यवस्था छ । पार्टीलाई दिशा निर्देश गर्न विधान बनाउनका निम्ति केन्द्रीय महासमिति छनौट हुने भएको हो ।

    क्षेत्र नम्बर २ को निर्वाचन समितिका अनुसार ११ सदस्यका निम्ति १७ जनाले मनोनयन दर्ता गराएका छन् । महधिवेशन सम्पन्न भए लगत्तै सोहि समयमा महासमिति टुङ्ग्याउने प्रयास भए पनि प्रयासले सार्थकता पाउन सकेको थिएन । महासमितीमा २६ पदाधिकारी मध्ये प्रत्येक्ष तर्फ २ महिला अनिवार्य सहित ७ जना खुल्ला, समानुपातिक तर्फ खसआर्य १ जना, आदिवासी जनजाती १,  महिला अनिवार्यसहित २ जना,

    दलीत तर्फ १ जना गरी ११ जना मनोनित हुने छन । तर निर्वाचन मण्डलका अनुसार शनिबार दिइएको मनोनयन दर्तामा १७ जना आकांक्षीको उम्मेदवारी दर्ता भएका कारण ६ जनाले उमेद्वारी फिर्ता लिने र सहमतिमा टुंगो लगाउने वा पुनः मतदान प्रक्रियाबाट महासमितिको टुङ्गो लगाउने भन्ने विषयमा छलफल सुरु भएको हो । 

    १७ जना आकाँक्षी मध्ये दलित तर्फ १ जनाको मात्र उम्मेदवारी परेका कारण सोम पौवी सर्वसहमत चयन भएका छन् । त्यस्तै अन्य पदमा आकांक्षी बिच छलफल जारी रहेको निर्वाचन मण्डलका सदस्य हिरालाल पौडेलले बताए । आकांक्षी बिच सहमती हुन नसकेकोको खण्डमा क्षेत्र नम्बर २ अन्र्तगतका सबै महाधिवेशन प्रतिनिधिले मतदान गर्नु पर्ने प्रावधान रहेको छ । महासमिति सदस्यमा महाधिवेशन प्रतिनिधी अर्जुन शेरचन,

    जित बहादुर शेरचन, दोर्णकुमार कुवँर, सिँहबहादुर राना, गण्डकी थापा अधिकारी, देवेन्द्र कुमार घर्ती मगर, भरत शर्मा गैरे, नर बहादुर पुन (निरज), मञ्जु शर्मा, मञ्जेशवम मल्ल, दिपेन्द्र श्रेष्ठ, गीता श्रीस, रेनुका काउचा, तिल बहादुर अधिकारी, सोम बहादुर पौवी, टेकराज पौडेलले उमेद्वारी दर्ता गराउनु भएको हो । 


    छबिलाल पाण्डे

    उहाँ बागलुङ पोस्ट डटकमका संवाददाता हुनुहुन्छ ।

    सम्बन्धित समाचार