नेब्रास्का नेप्लिज सोसाइटी अमेरिकाको अध्यक्षमा धिरेन्द्र न्यौपाने

नेब्रास्का नेप्लिज सोसाइटी अमेरिकाको अध्यक्षमा धिरेन्द्र न्यौपाने

  • फाल्गुण ९, २०७८ सोमवार
  • १९:००:०४ बजे
  • 2.2K
    SHARES
  • नेब्रास्का नेप्लिज सोसाइटी अमेरिकाको अध्यक्षमा धिरेन्द्र न्यौपाने

    बागलुङ : अमेरिकामा रहेको नेपालीहरुको हक हितमा काम गर्ने उद्देश्यले स्थापित नेब्रास्का नेप्लिज सोसाइटी अमेरिकाको अध्यक्षमा धिरेन्द्र न्यौपाने चयन भएका छन् । 

    अमेरिकामा सम्पन्न साधारण सभाले दुइ वर्षका लागि न्यौपानेको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो । नब निर्वाचित अध्यक्ष न्यौपानेले आइतबारबाटै आफ्नो कार्यभार सम्हालिसकेका छन् । नवनिर्वाचित अध्यक्ष न्यौपानेले आपÞmनो टिमले यथाशिघ्र आफ्नो जिम्मेवारी अनुसारको काममा खट्ने प्रतिवद्धता जनाएका छन् । साधारण सभामा निवर्तमान कार्य समितिका अध्यक्ष कृष्ण कंडेलले संस्थापक एवम पूर्व अध्यक्ष, निवर्तमान समितिका पदाधिकारी तथा संस्थाका सल्लाहाकारलाई सम्मान गरेका थिए ।

    संस्थाको साधारण सभाले आर्थिक प्रतिवेदन पारित गरेको छ भने संस्थाका पूर्व अध्यक्ष देबराज कंडेल, पूर्ण बिक र राज आचार्यले संस्थाको प्रगती र बोर्डबाट भएको राम्रो कामको प्रशंसा गर्दै आगामी कार्यसमितिलाई सफलताको शुभकामना दिएका छन् ।

    नेपालमा रहँदा पत्रकारितासंगै सामाजिक क्षेत्रमा सक्रिय रहेको न्यौपाने अमेरिकामा पनि विभीन्न सामाजिक गतिविधिमा संलग्न हुँदै आएका छन् । न्यौपानेले बागलुङमा रहेको सयपत्री एफएम र बागलुङबाट कान्तिपुर टेलिभिजनमा समेत काम गरेका थिए । पर्वतको जलजला गाउँपालिका अन्तर्गत बासखर्कमा न्यौपानेको घर पर्छ । 

    सम्बन्धित समाचार