कलाकार जयनन्द लामाको निधन

कलाकार जयनन्द लामाको निधन

  • फाल्गुण ११, २०७८ बुधवार
  • ०९:१७:१७ बजे
  • 4.4K
    SHARES
  • कलाकार जयनन्द लामाको निधन

    काठमाडौं : लोक गायक तथा कलाकार जयनन्द लामाको निधन भएको छ । उनी अभिनित टेलिसिरियल हल्का रमाइलोका निर्देशक मरिचमान श्रेष्ठ (बल्छी धुर्बे)ले लामाको निधन भएको जानकारी दिए । श्रेष्ठका अनुसार आज बिहान घरको गेटमै गाडीबाट लडेको अवस्थामा उनी मृत फेला परेका थिए ।

    सिन्धुपाल्चोकको बाह्रबिसेमा जन्मिएका लामाले थुप्रै मौलिक लोकगीत गाउनुका साथै चलचित्र र टेलिश्रृंखलामा अभिनयसमेत गरेका छन् । उनले चलचित्र मनको बाँध, छक्कापञ्जा लगायत चलचित्रहरुमा पनि अभिनय गरेका थिए । पछिल्लो समय हाँस्य टेलीश्रृंखला हल्का रमाइलोमा उनले अभिनय गर्दै आएका थिए । उनका

    कलकत्ते काइँयो, चुइँ चुइँ चुइँकने जुत्ता, मुलाको चाना, सलल पानीलगायत थुप्रै लोकगीतहरु चर्चित छन् । उनले नेपाली लोक दोहोरीको रियालिटी शो ‘नेपाल लोकस्टार’मा निर्णायकको भूमिका पनि निर्वाह गरेका थिए ।

  • सम्बन्धित विषय:

  • # जयनन्द लामा
  • # कलाकार

  • बागलुङ पोस्ट

    सम्बन्धित समाचार