बुर्तिबाङ : ब्रह्माकुमारी इश्वरीय विश्वविद्यालय उपशाखा बुर्तिबाङले ८६ औँ महाशिवरात्री पर्वको अवसरमा स्नेह मिलन समारोह शिवध्वजारोहण कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा ब्रह्माकुमारी इश्वरीय विश्वविद्यालय क्षेत्रीय प्रशिक्षिका राजयोगिनी दिदीले संसारको सबैभन्दा सर्वश्रेष्ठ प्राणी मानव भएको र मानवले नै संसारलाई विबनास गर्ने गरी लागेको बताइन् । विश्व झन्–झन् जटिल अवस्थामा पुग्दै गरेको भन्दै अशान्ती, पाप, छलकपट,
भेदभाव जस्ता अराजकता मानवबाटै भइरहेका कारण मानिसमा शान्ति हराइसकेको बताइन् ।परमात्माले मानिसलाई केवल शान्ती दिने र सकारात्मक दिशामा अगाडी बढ्न साथ दिने बताउँदै मानिस सत्कर्म र स्वच्छ विचार एवम ज्ञानमा निर्भर रहँदैन तवसम्म मानिसलाई कहिल्यै शुख ,शान्ती प्राप्त नहुने बताइन् ।ढोरपाटन नगरपालिकाका प्रमुख देवकुमार नेपालीले ब्रमाहकुमारी इश्वरीय विश्वविद्यालयले मानिसलाई चेतनशील र शान्तीको बाटोमा अगाडी बड्नका निम्ती महत्वपूर्ण भूमिका खेलेको बताउँदै भन्दै इश्वरीय
विद्यालयबाट सबैले सकारात्मक ज्ञान प्राप्त गरी सत्कर्म र आफ्नो मनलाई शान्त बनाइ आफ्नो परिवार, समाज र देशलाई नै सहि मार्गमा अगाडी बढाउने अभियानमा अगाडी बढ्नु पर्ने बताए । कार्यक्रममा इलाका प्रशासन कार्यालय बुर्तिबाङका प्रमुख लोक बहादुर कुवँरले मन्तव्य राखेका थिए । ब्रमाहकुमारी लक्ष्मीको अध्यक्षता र ब्रमाहकुमारी जयन्तीको सञ्चालमा कार्यक्रम सम्पन्न भएको थियो ।