बुर्तिबाङ : एमसिसी विरुद्धमा बुर्तिबाङमा विभिन्न राजनीतिक दलले आन्दोलन गरेका छन् । अमेरीकन सहयोग मिलिनियम च्यालेन्ज कार्पेरेशन (एमसिसि) नेपालको हित विपरित रहेको भन्दै राष्ट्रिय जनमोर्चा, माओवादी केन्द्र, विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी र वैद्य नेतृत्वको नेकपा क्रान्तीकारी पार्टीको
सक्रियतामा शुक्रबार बुर्तिबाङ बजार परिक्रमा सहित प्रशासन कार्यालयको अगाडी कोणसभा गरि विरोध पद्धर्शन गरेका हुन् । कार्यक्रममा नेकपा क्रान्तीकारीका जिल्ला सचिव छम शेन, नेकपा क्रान्तीकारी केन्द्रीय सदस्य निल बहादुर पुन, माओवादी केन्द्र ढोरपाटन नगर कमिटी उपाध्यक्ष सुमित घर्ती, राष्ट्रिय जनमोर्चा केन्द्रीय सदस्य गौरीश्वर पाण्डेले एमसिसी नेपालको हित विपरित रहेको भन्दै राष्ट्रघाती एमसिसिको विरुद्धमा देशभक्त
नेपालीहरु एक हुनु पर्नेमा जोड दिए । अमेरीकाले दिइने भनिएको अनुदान सर्त अनुसार रहेको र नेपालको स्वाभिमान विपरित रहेको भन्दै एमसिसी कुनै पनि हालतमा पास गर्न नहुने उनीहरुको जोड थियो । कार्यक्रम तुल्सीराम खरेलको सञ्चालनमा सम्पन्न भएको थियो ।