बुर्तिबाङ : नेपाल भुतपुर्व शैनिक संघ बागलुङको पालिका स्तरीय भुतपुर्व सैनिक भेटघाट तथा समिति गठन कार्यक्रम सम्पन्न भएको छ । नेपाली काँग्रेस निकट सँघको शनिबार एक कार्यक्रमका बीच नेपाल भुतपुर्व सैनिक सँघ ढोरपाटन नगरपालिका गठन गर्दै आगामी बैसाख ३० गते हुने स्थानिय तहको निर्वाचनलाई लक्षित गर्दे सक्रिय पुर्वक अगाडी बद्ने निर्णय गरिएको छ । नेपाली काँग्रेस निवर्तमान क्षेत्रीय सभापती दोर्णकुमार कुवँरले
नेपाल भुतपुर्व सैनिक संघ एक जुझारु, कर्मठ। इमान्दार र समाजको पहरेदार सँस्था भएको र पार्टीलाई अगाडी बद्ने दिसा निर्दश गर्नका निम्ती भुतपुर्व सैनिक संघको महत्वपूर्ण भुमिका रहेको बताए । उनले भुपु सैनिकहरुलाई पेन्सिन लिनका निम्ती बागलुङ पुग्नुपर्ने बाध्यता रहेको बताउँदै समस्यालाई मध्यनजर राख्दै बुर्तिबाङमा एसविआई वा एभरेष्ट बैँकको शाखा खुलाउनका निम्ती सम्वन्धित निकायमा पहल गर्ने प्रतिबद्धता जनाए ।कार्यक्रममा नेपाल भुतपुर्व शैनिक संघ बागलुङका अध्यक्ष एंव केन्द्रिय सदस्य क्याप्टेन हरि बहादुर भण्डारीले भुपु सैनिकहरु आफनो हक अधिकारका निम्ती एकजुट हुनुपर्ने र लोकतान्त्रीक पार्टी
नेपाली कांग्रेसलाई सहयोग गर्दै जानुपर्ने बताए । आफना माग र एजेन्डा अनुसार भुपु सैनिक संघ अगाडी बढिरहेको बताउँदै समाज रुपान्तरणमा भुपु सैनिकको महत्वपूर्ण भुमिका रहेको बताउँदै समाज सेवा संगै पार्टीका गतिविधिमा समेत सक्रिय रहनुपर्ने बताए । जिल्लाका १० वटै पालिकामा भुपु शैनिक संघ गठन भइरहेको समेत बताए । कार्यक्रमका अवसरमा चुराबहादुर कुवँर अध्यक्ष रहेको नेपाल भुपु सैनिक संघ ढोरपाटन नगर समितीको गठन गरिएको छ । समितिको उपसभापति हेमलाल के.सी.सचिव
बहादुर के.सी., दिनेश अदै, सहचिव पार्वती पाण्डे कुवँर, कोषाध्यक्ष सुमित्रा महत लगायत १५ सदस्य समिती र हरी बहादुर खराल , तिलक बहादुर कुवँर, हरिलाल छन्त्याल, पूर्ण बहादुर गुरुङ, धन बहादुर बुढा, मन बहादुर कामी रहेको सल्लाहकार समितीको गठन गरिएको छ । कार्यक्रमकै अवसरमा लामो समयसम्म नेपाली काँग्रेसमा रहि नेकपा एमालेमा प्रवेश गरेएका भनिएका ढोरपाटन नगरपालिका
२ अर्नाकका देवबहादुर बुढा पुनः नेपाली काँग्रेसमा फर्केका छन् । उनले विद्यालयको उद्घाटन छ भनेर बोलाएरपछि टिका लगाएर नेकपा एमाले प्रवेश गरेको भन्ने हल्ला फैलाएर केहि तत्वले आफनो स्वार्थ लिन खोजेको भन्दै आफु नेपाली काँग्रेस जस्तो लोकतान्त्रीक पार्टी छोडेर अन्यत्र नजाने बताउँदै भुतपुर्व सैनिक संघमा आवद्ध रहेर समाजसेवा गर्दे नेपाली काँग्रेसको राजनीतिलाई समेत निरन्तरता दिने बताए ।
कार्यक्रममा नेपाली काँग्रेस ढोरपाटन नगर सभापती धन बहादुर कायत, महाधिवेशन प्रतिनधिी सोम पौवी, दिलमाया पौवीको आतिथ्यता एवम शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रम पार्वती पाण्डे कुवँरको सञ्चालनमा सम्पन्न भएको थियो ।