खेलकुद

लखन कपमा महिला फाईनल र पुरुष सेमिफाईनल समिकरण तय

लखन कपमा महिला फाईनल र पुरुष सेमिफाईनल समिकरण तय

  • फाल्गुण १४, २०७८ शनिवार
  • २१:०८:१३ बजे
  • 3.5K
    SHARES
  • लखन कपमा महिला फाईनल र पुरुष सेमिफाईनल समिकरण तय

    बागलुङ : ४० औं मगर संघ स्थापना दिवसको अवसरमा आयोजना गरिएको लखन कप भलिबलको फाईनल र सेमिफाईनल समिकरण पूरा भएको छ । नेपाल मगर युवा संघ बागलुङले आयोजना गरेको विविध खेलकुद तथा सांस्कृतिक कार्यक्रम अन्तर्गत शनिबार महिला भलिबलतर्फ फाईनल र पुरुष भलिबलको सेमिफाईनल खेल्ने टिमको टुंगो लागेको हो । महिला भलिबलमा ताराखोला गाउँपालिका र

    बडिगाड गाउँपालिका फाईनलमा प्रवेश गरेका छन् । ताराखोला गाउँपालिकाले नेपाल मगर विद्यार्थी संघ बागलुङ र बडिगाड गाउँपालिकाले गुराँस विद्या सदनलाई पराजित गर्दै फाईनल भिडन्त पक्का गरेको हो । फाईनल खेल आईतबार हुनेछ । पुरुष भलिबलतर्फ सेमिफाईनल खेल्न चार टिमको टुंगो लागेको छ । तरुणदल लेखानी, गलकोट नगरपालिका—१० पाण्डवखानी, सुजाता एण्ड सुदर्शन कन्ट्रक्सन मल्म र सुवास बेकरी उद्योग हरिचौर सेमिफाईनलमा प्रवेश गरेका छन् । आईतबार बिहान तरुणदल लेखानी,गलकोट नगरपालिका—१० पाण्डवखानी र सुजाता एण्ड सुदर्शन कन्ट्रक्सन मल्म र सुवास बेकरी उद्योग हरिचौरबीचको

    प्रतिस्पर्धाबाट विजेताबीच फाईनल खेल हुनेछ । शनिबार सामुहिक नृत्य प्रतियोगिता समेत सम्पन्न भएको छ । प्रतियोगितामा पाँच समुहको सहभागिता रहेकोमा कालिका कन्या मन्दिर मावि प्रथम, अमर आदर्श दोस्रो, होलि चाईल्ड आवासीय विद्यालय तेस्रो र अमर आदर्श ए र सनराईज बोर्डिङ स्कुल सान्त्वना भएका छन् । शनिबार राष्ट्रिय कलाकार कल्पना आले तथा किशोर थापाले सांगितिक प्रस्तुती समेत प्रस्तुत गरेका थिए । मगर संघको ४० औं स्थापना दिवसको अवसरमा आईतबार मूल समारोह हुनेछ ।

    आईतबार बिहान १० बजेबाट नेपाल मगर संघ बागलुङको सभाहलबाट ¥याली र झाँकी सहित कालिका मन्दिरको बाल उद्यानमा पुगेर मूल समारोहमा परिणत हुने बताईएको छ । मूल समारोह नेपाल मगर संघका केन्द्रीय सदस्य एवं तमानखोला गाउँपालिका अध्यक्ष जोकलाल बुढाले सम्बोधन गर्ने बताईएको छ ।


    बागलुङ पोस्ट

    सम्बन्धित समाचार