शिक्षा

विद्यालय शिक्षालाई राज्यले मुख्य ध्यान दिएको छ–मन्त्री कंडेल

विद्यालय शिक्षालाई राज्यले मुख्य ध्यान दिएको छ–मन्त्री कंडेल

  • फाल्गुण २१, २०७८ शनिवार
  • १८:१३:४१ बजे
  • 3.7K
    SHARES
  • विद्यालय शिक्षालाई राज्यले मुख्य ध्यान दिएको छ–मन्त्री कंडेल

    बागलुङ : गण्डकी प्रदेशका पर्यटन उधोग वाणिज्य तथा आपूर्ति मन्त्री मणिभद्र शर्मा कंडेलले शिक्षा क्षेत्र राज्यको दायित्व क्षेत्र भएकाले कोहि बालबालिका पनि यस क्षेत्रबाट बञ्जित हुन नपर्ने बताएका छन् । काठेखोला गाउँपालिका— ४ स्थित पशुपति आधारभूत विद्याललयको २६ औँ वार्षिकोत्सव तथा रजत जयन्तीको मूल समारोहलाई सम्बोधन गर्दै उनले शिक्षा विकासको अनिवार्य र पहिलो सर्त भएको बताए ।

    सरकारको तीन वटा तहबाट नै शिक्षालाई पहिलो प्राथमिकतामा राखेका कारण विद्यालय शिक्षावाट छुटेका बालवालिकालाई निःशुल्क शिक्षा दिलाउन कुनै पनि विद्यालय हिच्किचाउन नहुने उनको भनाई थियो । सोहि सन्दर्भमा मन्त्री कंडेलले तंग्राम पर्यटनको क्षेत्रमा सम्भावना भएको गाँउ भएकोले आफूले सो क्षेत्रमा सहयोग गर्ने बताए । विद्यालयका पूर्व विद्यार्थीको पहलमा निर्माण भएको रजत स्मारक र सोहि क्षेत्रमा निर्माण भैरहेको पर्यटन तथा जनजाति सङ्ग्रहालयको समेत अवलोकन गर्दै मन्त्री कंडेलले सो परियोजना सम्पन्न गर्न सक्दो सहयोग गर्ने बताए । 

    विद्यालयले बुधवारदेखि सुरु भएको विविध कार्यक्रम मध्ये मूल समारोहमा सहभागी गण्डकी प्रदेशका सांसद पियारी थापाले विद्यालयले गरेको रचनात्मक कार्यक्रम र प्रयासको प्रंसशा गरिन् ।

    सांसद थापाले काठेखोला र तंग्रामको विकासका लागि आफूले सक्दो प्रयास गरेको भन्दै मन्त्री कंडेलसँग सहकार्य गरेर आवश्यक विकास कार्य र नीतिगत कार्यमा अगाडि बढ्ने बताईन् । कार्यक्रममा काठेखोला—४ तंग्रामका वडा अध्यक्ष केशरवहादुर थापा, पूर्व गाविस अध्यक्ष राजु थापा, नेपाली कांग्रेसका जिल्ला सदस्य नरमाया थापा, नेपाल कम्युनिष्ट पार्टिका जिल्ला सदस्य नन्दराम थापा, नेपाली कांग्रेस तंग्रामका सभापति विष्णु आले, नेकपा एमाले तंग्रामका उप–सचिव शंकर परियार, नारायणी माविका प्रअ विष्णुबहादुर थापा, धारा माविका प्रअ कमला थापा, मुक्तिनाथ आधारभुत विद्यालयका प्रअ भैरवबहादुर थापा, साना किसान कृषि सहकारीका उपाध्यक्ष बलबहादुर पुन, पशुपति प्राथामिक विद्यालयका पुर्व प्रअ रनवहादुर पुन लगायतले मन्तव्य राखेका थिए । 

    कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तुलवहादुर थापाको अध्यक्षता, विद्यालयका शिक्षक रञ्जु थापाको स्वागत, विद्यालयका प्रअ नरवहादुर थापाको प्रगति प्रतिवेदन र भुपु विद्यार्थी दिलबहादुर परियारको सञ्चालनमा सम्पन्न भएको थियो । 
    कार्यक्रममा विद्यालयका पूर्व विद्यार्थी गंगावहादुर थापालाई निजामती क्षेत्रमा प्रवेश गरेको र दिलबहादुर परियारलाई शिक्षक सेवामा प्रवेश गरेको भनी सम्मान गरिएको थियो । विद्यालयले वर्षेनी विभिन्न विद्यामा सम्मान गर्दै आएको छ । 

    वुधवारदेखि सुरु भएको कार्यक्रम अन्र्तगत साविक वडा स्तरिय भलिवल प्रतियोगितामा बागलुङ र म्याग्दीका गरी ३२ टिमको सहभागी रहेको भलिवल कार्यक्रम संयोजक पुरण थापाले बताए । आधारभूत विद्यालय स्तरिय हाजिरीजवाफ प्रतियोगिता अन्र्तगत नारायणी मावि प्रथम, पशुपति प्रावि दित्तिय, धारा मावि तृतिय भएका छन् । २३ गते सम्पन्न हुने कार्यक्रममा अभिभावक स्तरिय म्युजिकल चियर, लठो तान्ने प्रतियोगिता, खुल्ला नृत्य प्रतियोगिता लगायत सञ्चालन हुने विद्यालयका प्रअ नरवहादुर थापाले बताए ।  

    सम्बन्धित समाचार