बुर्तिबाङ : इलाका प्रशासन कार्यालय बुर्तिबाङ हाल सञ्चालनमा रहेको स्थानबाट अन्यत्र सार्न लागिएको भन्दै स्थानीयले विरोध गरेका छन् । स्थानीयले मंगलबार प्रशासन कार्यालयमा तालाबन्दी गरेका छन् । बुर्तिबाङ बजार संगम चोकमा रहेको प्रशासन कार्यालय पुरानो गाविस भवन नजिकैको घरमा सार्ने तयारी भएपछि राजनैतिक दल र स्थानीयले विरोध गर्दै प्रशासन कार्यालय नसार्न आग्रह आग्रह गरेका छन् ।
गत माघ ७ गते बसेको सर्वदलीय निर्णयले समेत हाल सञ्चानलमा रहेको कार्यालय भवन नागरिकको सेवा प्रवाहका लागि सहज, अपाङ्गमैत्री तथा बिच बजारमा रहेको र भाडा पनि अहिले सार्ने भनिएको घरको भन्दा निकै कम रहेको भन्दै नसार्न आग्रह गरेका थिए । लगत्तै फाल्गुन ११ गते स्थानीयवासी, राजनीतिक दल लगायत २०० जना बढिको हस्ताक्षर सहित कार्यालय नसार्न ध्यानाकर्षण सहितको पत्र प्रशासन कार्यालय प्रमुख लोक बहादुर कुवँरलाई कार्यालयमा दिएका थिए । पटक–पटक नागरिक र राजनैतिक
दलले ध्यानाकर्षण गराउँदा समेत प्रशासन कार्यालय सार्न खोजिएको भन्दै स्थानीयले मंगलबार बिहान कार्यालयको गेट तथा सटरमा ताल्चा लगाइदिएका छन् । प्रशासन कार्यालयले गत कात्तिक २८ गते पहिलो पटक १५ दिने र दोश्रो पटक पुनः मंसिर २१ ग्ते दोश्रो पटक ७ दिने सुचना निकालेर घरभाडा लिने सुचना प्रकाशित गरेको थियो । प्रशासन कार्यालयले हाल बस्दै आएको घरमा कार्यालय सञ्चालनका
निम्ति कोठा कम भएको, घर सम्झौता अवधी सकिएको र कार्यालय राख्न उपयुक्त नभएको भन्दै घरभाडामा लिन विज्ञापन गरेको थियो । विज्ञापन अनुसार परेको निवेदनमा पुरानो गाविस भवन नजिकैको घरमा कार्यालय सार्ने प्रशासन कार्यालय अगाडी बढेको बुझिएको छ ।