सुमन थापामगरको झ्यालमा पर्दा छ करोड क्लबमा (भिडीयो सहित)

सुमन थापामगरको झ्यालमा पर्दा छ करोड क्लबमा (भिडीयो सहित)

  • पौष १७, २०७७ शुक्रवार
  • १०:१८:१७ बजे
  • 5.0K
    SHARES
  • सुमन थापामगरको झ्यालमा पर्दा छ करोड क्लबमा (भिडीयो सहित)

    बागलुङ :    झ्यालमा पर्दा छ, नहेर त्यसरी माया सर्दछ ।

    कोरोना महामारीले थलिएर भर्खर उठ्दै गरेका दोहोरी साँझ देखि लिएर गुड्दै गरेको सवारी साधन र होटल रेष्टुरेन्टहरुमा यो गितको घन्किएको सुनिन्छ ।

    यो गित अचेल गाउँ शहर यत्र तत्र सर्वत्र सुन्न पाईन्छ ।

    जून बेला कोरोना महामारीले लोक गित संगित क्षेत्र थला परेको थियो, त्यही बेला झ्यालमा पर्दा छ गित सार्वजनिक भएको थियो । त्यो बेला गितको मौलिक पक्ष भन्दा यसको मेकिङमा भएको खर्चको विषयमा ज्यादा चर्चा भयो । हुन पनि किन नहोस् ।

    कोरोनाले सबै क्षेत्र तहस नहस भएको बेला एउटा लोक दोहोरी गित तयार गर्नका लागि ८ लाख रुपैयाँ खर्च गरिएको समाचारहरु आएका थिए । खेम सेन्चुरी र सुमन थापा मगरेको आवाजमा सार्वजनिक भएको यो गितले आम नेपाली दर्शक स्रोताको मन जित्न सफल भएको छ ।

    पछिल्लोमा  समयमा युट्युव ट्रेन्डिङ र युट्युव भ्युजलाई नै गित संगितको सफलताको मुख्य मानक मान्ने गरिन्छ । त्यो मानेमा यो गितले आफुलाई अब्बल साबित गरेको छ । सार्वजनिक भएको साढे दुई महिनामा यो गित युट्युव भ्युजको आधारमा करोड क्लबमा पुगेको छ ।

    सन् २०२० को अक्टोबर १२ मा खेम सेन्चुरी युट्युव च्यानलबाट सार्वजनिक भएको यो गित सन् २०२१ जनवरी १ को बिहान १० बजेसम्मा एक करोड चार लाख ४६ हजार ८ सय ५६ पटक युट्युबमा हेरिएको छ ।

    यो मानेमा यो गितलाई सफल गितको रुपमा हेर्न सकिन्छ । मौलिक लयमा साधारण व्यक्तिले समेत सजिलै टिप्न सक्ने र सजिलैसंग सबैको ओठमा झुण्डिने शब्द लयका कारण यसले सफलता पाएको मान्न सकिन्छ ।

    गितको भिडीयो छायाङ्कनमा कुनै अनौठौ प्रयोग नगरी साधारण रोधीको शैलीमा खिचिए पनि आकर्षक बनाउन हरदम खोसिस गरिएको छ । लोक तथा दोहोरी क्षेत्रका अनुज देखि अग्रजसम्मका अधिकाँस कलाकार र पत्रकार ऋषि धमलासम्मको उपस्थीतिले भिडीयो हेर्दा दर्शकलाई अन्तिमसम्मै बाँधिराख्न सक्नु पनि यो गितको सफलताको अर्को कारण हो ।

    नेत्र अर्यालको शब्द र खेम सेन्चुरीको लयमा मिसिएको मौलिकता पनि यो गितको सफलताको मुख्य कारक मान्न सकिन्छ । म्युजिक भिडियोमा प्रकाश भट्टको निर्देशन, विष्णु शर्माको सम्पादन

    नवराज उप्रेतीको छायाँङ्कनमा उत्तिकै मेहनत परेको छ । 

  • सम्बन्धित विषय:

  • # सुमन थापामगर
  • # झ्यालमा पर्दा छ
  • # करोड क्लब

  • संगम घर्तीमगर

    उहाँ बागलुङ पोस्ट डटकमका कार्यकारी सम्पादक हुनुहुन्छ ।

    सम्बन्धित समाचार