बिहुँ, तित्याङ र अर्जेवामा जनतासँग नेपाली काँग्रेस अभियान 

बिहुँ, तित्याङ र अर्जेवामा जनतासँग नेपाली काँग्रेस अभियान 

  • फाल्गुण २५, २०७८ बुधवार
  • २०:३५:०८ बजे
  • 2.7K
    SHARES
  • बिहुँ, तित्याङ र अर्जेवामा जनतासँग नेपाली काँग्रेस अभियान 

    बागलुङ : नेपाली काँग्रेस बागलुङले अघिल्लो सातादेखि संचालन गरेको जनतासंग नेपाली काँग्रेस अभियान तिव्रता पाएको छ । अभियान बुधबार जिल्लाको काठेखोला गाउँपालिका–६ बिहुँ बागलुङ नगरपालिका–८ सिगाना, र जैमिनी नगरपालिका–६ अर्जेवामा सम्पन्न भएको छ । स्थानीय तहको निर्वाचन नजिकिए सँगै काँग्रेसले आफ्नो पक्षमा जनमत पार्नका निम्ती अभियान संचालन गरिएको हो । अभियानमा हरेक कार्यकर्ताका समस्या बुझ्ने उनीहरुका कुरा सुन्ने र सामाधानको बाटो खोजिने छ ।त्यसैगरी सरकारले हालै मात्र पास गरेको एमसीसीको बारेमा आम सर्वसाधारणलाई काँग्रेसको स्पष्ट धारणा सार्वजनिक गर्ने योजना सहित अभियान संचालन गरिएको काँग्रेस बागलुङका सचिव हरिहर शर्माले जानकारी दिए ।

    अभियानमा जिल्ला देखी स्थानिय स्तरका नेताहरुको सहभागिता रहेको छ । बिहुँमा भएको कार्यक्रममा बोल्दै नेपाली काँग्रेसका पुर्व सभापति एवं पुर्व सांसद गोविन्द्र प्रसाद शर्मा कंडेलले काँग्रेस बच्चा देखी बृद्ध सम्म सवैको रोजाईको पार्टी भएका कारण अबको निर्वाचनमा काँग्रेसकै स्पष्ट बहुमत आउने बताए । उनले गाउँ–गाउँमा संचालन गरिएको हरेक गतिविधिले आम सर्वसाधारणलाई काँग्रेस प्रति आर्कषण बढाएको बताए । कंडेलले विपीको सिद्धान्तलाई आत्मसाथ गर्दै पार्टी भित्र गुटउपगुटको अन्त्य गरी आउँदा निर्वाचनमा आफ्नो पक्षमा जनतमत पार्न कार्यकर्तालाई आग्रह गरेका थिए । कार्यक्रममा पूर्व सांसद टंकप्रसाद शर्मा कंडेल, काँग्रेसका जिल्ला सह–सचिव ज्ञानु श्रीष शर्मा, गण्डकी प्रदेशका आमन्त्रीत सदस्य भुवानी प्रसाद कंडेल, महाधिवेशन प्रतिनिधि राजु थापा, काठेखोला गाउँपालिका

    सभापति यामदत्त कंडेल, निवर्तमान सभापति ज्ञामनाथ कंडेल, काठेखोला गाउँपालिका वडा नं.– ६ का वडा अध्यक्ष शिवप्रसाद कंडेल वडा नं. १ का वडा अध्यक्ष खड्क थापा लगायतले आफ्ना धारणा राखेका थिए ।कार्यक्रममा काँग्रेसका जिल्ला सदस्य एवं अभियानका काठेखोला गाउँपालिका संयोजक गोविन्द प्रसाद कंडेलले अभियानका बारेमा स्पष्ट पार्नुका साथै कार्यक्रमको सहजीकरण गरेका थिए । कार्यक्रम नेपाली काँग्रेस विहुँका सभापति बृहस्पती कंडेलको अध्यक्षता नेविसंघ बागलुङका उपाध्यक्ष नरेन्द्र कंडेलको स्वागत र काँग्रेस वडा सचिव अर्जुन कंडेलको संचालनमा सम्पन्न भएको थियो ।  

    बागलुङको तित्याङमा जनतासँग नेपाली काँग्रेस
    काँग्रेसले संचालन गरेको जनता सँग नेपाली काँग्रेस अभियान बुधबार जिल्लाको बागलुङ नगरपालिका–९ तित्याङमा सम्पन्न भएको छ । कार्यक्रममा बोल्दै नेपाली काँग्रेस गण्डकी प्रदेशका कोषाध्यक्ष बसन्त कुमार श्रेष्ठले अगामी स्थानिय तहको निर्वाचनमा काँग्रेसले आफ्नो पक्षमा जनतमत पार्ने गरी विशेष रणनिति तय गरेको बताए । उनले जनताको घर दैलोमा पुग्ने पार्टी भनेकै नेपाली काँग्रेस रहेको कारण जनताले पनि निर्वाचनमा काँग्रेसलाई नै रोज्ने विश्वस्त रहेको बताए । श्रेष्ठले काँग्रेस बागलुङले संचालन गरेको अभियानले थप सार्थकता पाउने र आगामी निर्वाचनमा प्रष्ट बहुमत आउने बताए ।कार्यक्रममा नेपाली काँग्रेसका जिल्ला सदस्य एवं कार्यक्रमका संयोजक जगन्नाथ आचार्यले  कार्यक्रमको उद्देश्य र विषयबस्तुका बारेमा जानकारी गराएका थिए ।

    अन्तरक्रिया कार्यक्रममा स्थानिय काँग्रेसका कार्यकर्ताले आफ्ना धारणा र समस्यालाई व्यक्त गरेका थिए ।  कार्यक्रममा नेपाली काँग्रेस बागलुङ पुर्व उप–सभापति जगदिशचन्द्र उपाध्याय, गण्डकी प्रदेशका सदस्य पार्वती आचार्य, जिल्ला सदस्य टिकाराम थापा प्रतिनिधि सभा क्षेत्र नं. १ का क्षेत्रीय सभापति चण्डी प्रसाद शर्मा पौडेल, सचिव गोविन्द बहादुर पौडेल‘गोपाल’ प्रदेश सभा (क) का सभापति हरिबहादुर जिसी ‘सन्तोष’, उप–सभापति ओमबहादुर थापा, काँग्रेस बागलुङ नगरका सचिव आषिक राजभण्डारी लगायतले बोलेका थिए । कार्यक्रम वडा सभापति राजु थापाको अध्यक्षता, उपसभापति ओम प्रकाश पौडेलको स्वागत र सचिव मनबहादुर थापा बाबुरामको संचालनमा सम्पन्न भएको थियो । 

    अर्जेवामा जनतासँग नेपाली काँग्रेस अभियान
    जनता सँग नेपाली काँग्रेस अभियान बुधबार जिल्लाको जैमिनी नगरपालिका–६ अर्जेवामा पनि सम्पन्न भएको छ । अर्जेवाका सभापति राजु थापाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा बोल्दै काँग्रेस गण्डकी प्रदेशका आमन्त्रीत सदस्य एवं महाधिवेशन प्रतिनिधि नवराज पौडेल गाउँगाउँबाट जनता जगाउनका निम्ती काँग्रेसले यो अभियान संचालन गरेका बताए । उनले अगामी निर्वाचनमा काँग्रेसको पक्षमा जनमत पार्नका निम्ती हरेक टोल टोलमा र घरघर सम्म पुगेर काँग्रेसका धारणा प्रष्ट पार्ने बताए । 

    कार्यक्रममा पुर्व महाधिवेशन प्रतिनिधि हरि आचार्य, महाधिवेशन प्रतिनिधि ओमकार थापा, सिताराम रसाईली क्षेत्र नं. १ प्रदेश (ख) का सचिव लक्ष्मी प्रसाद सापकोटा लगायतले बोलेका थिए । कार्यक्रमको विषय बस्तुका बारेमा काँग्रेसका जिल्ला सदस्य एवं कार्यक्रम संयोजक विष्णु आचार्यले जानकारी गराएका थिए । 
    कार्यक्रममा काँग्रेसका कार्यकर्ताले आफ्ना जिज्ञासा राखेका थिए । कार्यक्रम वडा सचिव फमहरी चालिसेको संचालन र महाधिवेशन प्रतिनिधि बेमकुमारी थापाको स्वागतमा सम्पन्न भएको थियो । 


    बागलुङ पोस्ट

    सम्बन्धित समाचार