राप्रपाले जिल्ला व्यापी कार्यक्रम संचालन गर्ने 

राप्रपाले जिल्ला व्यापी कार्यक्रम संचालन गर्ने 

  • फाल्गुण २५, २०७८ बुधवार
  • २०:५०:०७ बजे
  • 2.2K
    SHARES
  • राप्रपाले जिल्ला व्यापी कार्यक्रम संचालन गर्ने 

    बागलुङ : राष्ट्रिय प्रजातन्त्र पार्टी बागलुङले स्थानीय चुनावलाई लक्षित गरी जिल्ला व्यापी कार्यक्रम संचालन गर्ने निर्णय गरेको छ । पार्टीका केन्द्रिय सदस्य त्रय भिम प्रसाद गौचन, दिपक कुवंर र राम बहादुर शाहीको आतिथ्यतामा बसेको बैठकले पार्टीको संगठन विस्तार गर्ने

    निर्णय गरेको छ । स्थानीय निर्वाचनलाई ध्यानमा राखेर आगामी चैत्र २२ गते बागलुङ बजारमा विशाल आम सभा समेत आयोजना गर्ने भएको छ । सो सभालाई पार्टीका केन्द्रीय अध्यक्ष राजेन्द्र लिङ्देन सहितका नेताहरुले सम्बोधन गर्ने कार्यक्रम रहेको जिल्ला अध्यक्ष सुरेन्द्र खड्काले जानकारी दिए ।

    साथै पार्टीको समिति रहेका पालिकाहरु सबैमा प्रमुख, उपप्रमुख सहित वडा तहमा उम्मेदवारी दिने बिषयमा पनि छलफल भएको उनले जानकारी दिए । 


    बागलुङ पोस्ट

    सम्बन्धित समाचार