बागलुङको विभिन्न स्थानमा ‘जनतासँग काँग्रेस’ अभियान तीव्र  

बागलुङको विभिन्न स्थानमा ‘जनतासँग काँग्रेस’ अभियान तीव्र  

बरेङमा आजदेखि सुरु 
  • फाल्गुण २६, २०७८ बिहिवार
  • २१:०८:१९ बजे
  • 3.7K
    SHARES
  • बागलुङको विभिन्न स्थानमा ‘जनतासँग काँग्रेस’ अभियान तीव्र  

    बागलुङ : नेपाली काँग्रेस गण्डकी प्रदेशका कोषाध्यक्ष तथा युवा नेता बसन्त कुमार श्रेष्ठले सुसंस्कृत समाज निर्माणका निम्ती आगामी स्थानिय तहको निर्वाचनमा काँग्रेसको नेतृत्व आवश्यक रहेको बताए । श्रेष्ठले सिंहदरबारको अधिकार गाउँमा आए पनि जनताले अधिकारको प्रत्याभुति गर्न नसकेका कारण काँग्रेस जनताको अधिकारको पक्षमा रहेको बताए । नेपाली काँग्रेस बागलुङ संचालन गरेको जनता सँग नेपाली काँग्रेस अभियान अन्तरगत बागलुङ नगरपालिका–८ सिगानामा भएको कार्यक्रममा बोल्दै उनले सो कुरा बताएका हुन । श्रेष्ठले सभ्य समाज निर्माणका निम्ती निम्ती काँग्रेसको नेतृत्व आवश्यक रहेको बताए । जनता अहिले आफ्नो अधिकारलाई प्रत्याभुति गर्न नपाएको हुँदा जनताकै अधिकार प्रत्याभुतीका लागि पनि

    काँग्रेसको पक्षमा जनमत पार्नु पर्ने उनको भनाई थियो ।  ‘काँग्रेस देशकै पुरानो पार्टी हो, काँग्रेसमा संस्कार छ अनुभव छ र जनताको पक्षमा काम गरेको छ श्रेष्ठले भने,– ‘नेपालका कम्युनिष्टपार्टीहरु सधै सत्ताको लोभमा पस्ने गरेका छन । कहिलै जनताको पक्षमा काम गर्न चाहँदैनन् दिनहुँ भ्रष्टचार मौलाउँदै गएको छ । यो सवै अन्यका लागि पनि काँग्रेसको नेतृत्व आवश्यक छ । ’ उनले काँग्रेस बागलुङले संचालन गरेका जनता सँग नेपाली काँग्रेस अभियानले जिल्ला भरी काँग्रेसको पक्षमा जनलहर छाएको बताए । उनले कार्यकर्तालाई काँग्रेस महाधिवेशन पछि एकै ठाउँमा उभिएर संगठन निर्माणमा लागेको हुँदा सबै एकजुट भएर गाउँ टोलसम्म आफ्नो पक्षमा जनमत पार्न आग्रह गरे। कार्यक्रममा नेपाली काँग्रेस बागलुङ निवर्तमान सभापति दिपेन्द्र बहादुर थापा, पुर्व उपसभापति जगदिशचन्द्र उपाध्याय, काँग्रेस गण्डकी प्रदेश सदस्य शकुन्तला शर्मा, आमन्त्रीत सदस्य धुव्रराज गौतम,

    जिल्ला सदस्य टिकाराम कार्की, महाधिवेशन प्रतिनिधि नारायण शर्मा पौडेल विष्णु पौडेल दाह्री,  क्षेत्रीय सभापति चण्डी प्रसाद शर्मा पौडेल, सचिव जयराम भारी, प्रदेश सभा (क) सभापति हरिबहादुुर जिसी सन्तोष बागलुङ नगरपालिकाका सभापति उमाकान्त शर्मा बाबु लगायतले बोलेका थिए ।  अभियानका बारेमा कार्यक्रमका संयोजक एवं जिल्ला सदस्य जगन्नाथ आचार्यले प्रष्ट पारेका थिए भने कार्यकर्ताहरुले आफ्नो जिज्ञासा र अबको निर्वाचनमा कस्तो रणनिति अपनाउने भन्ने विषयमा नेताहरु सँग प्रश्न गरेका थिए । कार्यक्रममा नेकपा माओबादी केन्द्रका नेता सम्मरबहादुर कार्की सहित एक दर्जन कार्यकर्ताहरु नेपाली काँग्रेसमा प्रवेश गरेका थिए । कार्यक्रम नेपाली काँग्रेस सिगानाको सभापति छमबहादुर कार्कीको अध्यक्षता उपसभापति उपेन्द्र जिसीको स्वागत र नेविसंघ बागलुङका पुर्व अध्यक्ष सुर्य गौतमको संचालनमा सम्पन्न भएको थियो ।

    त्यस्तै जिल्लाको जैमिनी नगरपालिका ५ विनामारे काठेखोला र गाउँपालिका–५ विहुँकोटमा पनि  कार्यक्रम संचालन भएको छ । विनामारेमा भएको कार्यक्रममा बोल्दै जैमिनी नगरपालिकाका नगर प्रमुख एवं नेपाली काँग्रेस गण्डकी प्रदेश समितिका सदस्य इन्द्रराज पौडेलले अगामी स्थानिय तहको निर्वाचनलाई लक्षित गरी जनता सँग नेपाली काँग्रेस अभियान संचालन गरिएको बताए ।  उनले स्थानिय तह भनेकै सिंहदरबारको अधिकार गाउँमा आएको र विकासले पनि फड्को मार्दै गएको भन्दै जैमिनीको समृद्धिका लागि काँग्रेसले जनमत ल्याउनुपर्ने बताए । पौडेलले जैमिनी हरेक वडामा सडक पुर्वाधार सँग जोडिएको र त्यसलाई निरन्तर संचालनका निम्ती पनि आगमी निर्वाचनमा काँग्रेसको नेतृत्व आवश्यक रहेको बताए ।

    कार्यक्रममा नेपाली काँग्रेस बागलुङका सचिव हरिहर शर्मा, गण्डकी प्रदेश आमन्त्रीत सदस्य नवराज पौडेल, महाधिवेशन प्रतिनिधि ओमकार थापा, सिताराम रसाईली जैमिनी नगरपालिका–१ कुश्मिसेराका सभापति हरिप्रसाद आचार्य लगायनले बोलेका थिए । अभियानको उद्देश्यका बारेमा कार्यक्रमका संयोजक एवं जिल्ला सदस्य विष्णु आचार्यले स्पष्ट पारेका थिए । कार्यक्रम विनामारेका सभापति खुमबहादुर रोकाको अध्यक्षता पुर्व सभापति चुडामणी आचार्यको स्वागत र तरुणदलका अध्यक्ष दिपक मल्लको संचालनमा सम्पन्न भएको थियो । 
    काठेखोला गाउँपालिका–५ बिहुँमा पनि सम्पन्न भएको छ । कार्यक्रममा बोल्दै काँग्रेस बागलुङका पुर्व पार्टी सभापति एवं पुर्व सांसद गोविन्द प्रसाद कंडेलले गाउँ–गाउँमा संचालन गरिएको हरेक गतिविधिले आम सर्वसाधारणलाई काँग्रेस प्रति आर्कषण बढाएको बताए ।

    कंडेलले विपिको सिद्धान्तलाई आत्मसाथ गर्दै पार्टी भित्र गुटउपगुटको अन्त्य गरी आउँदा निर्वाचनमा आफ्नो पक्षमा जनतमत पार्न कार्यकर्तालाई आग्रह गरेका थिए । कार्यक्रममा विभिन्न राजनितिक पार्टीको सदस्यता त्याग गरी आधा दर्जन कार्यकर्ता काँग्रेसमा प्रवेश गरेका थिए । अभियानको बारेमा काँग्रेसका जिल्ला सदस्य एवं काठेखोला गाउँपालिका संयोजक गोविन्द्र प्रसाद कंडेलले जानकारी गराएका थिए भने अन्तरक्रिया कार्यक्रमको सहजीकरण प्रदेश महाधिवेशन प्रतिनिधि नरेश कंडेलले गरेका थिए । कार्यक्रममा पुर्व सांसद टंक प्रसाद कंडेल, नेपाली काँग्रेसका जिल्ला सह–सचिव ज्ञानु शर्मा श्रीष, महाधिवेन प्रतिनिधि राजु थापा, काठेखोला गाउँपालिका–५ का अध्यक्ष शिव प्रसाद कंडेल, गाउँपालिकाका सभापति यामदत्त कंडेल, लगायतले आफ्ना धारणा राखेका थिए । 
    कार्यक्रम काठेखोला गाउँपालिका–५ का सभापति हरिप्रसाद सापकोटाको अध्यक्षता, क्षेत्र नं. १ प्रदेश (क) का सदस्य ज्ञामनाथ कंडेलको स्वागत र सचिव चुडामणी कंडेलको संचालनमा सम्पन्न भएको छ । स्थानिय तहको निर्वाचन नजिकिए सँगै काँग्रेसले आफ्नो पक्षमा जनमत पार्नका निम्ती अभियान संचालन गरिएको हो । अभियानमा हरेक कार्यकर्ताका समस्या बुझ्ने उनिहरुका कुरा सुन्ने र सामाधानको बाटो खोजिने छ । अभियानमा सरकारले हालै मात्र पास गरेको एमसीसीको बारेमा आम सर्वसाधारणलाई काँग्रेसको स्पष्ट धारणा सार्वजनिक गर्ने योजना सहित अभियान संचालन गरिएको काँग्रेस बागलुङका सचिव हरिहर शर्माले जानकारी दिए ।  

    त्यस्तै नेपाली काँग्रेस बागलुङले संचालन गरेको जनतासँग नेपाली काँग्रेस अभियान बिहीबारदेखि जिल्लाको बरेङ गाउँपालिकामा पनि सुरुवात गरिएको छ । वडा नं. १ धुल्लुबास्कोटबाट सुभारम्भ भएको कार्यक्रममा बोल्दै नेपाली काँग्रेस बागलुङका सचिव हरिहर शर्माले जिल्ला व्यापी संचालन गरिएको यो अभियान स्थानिय तहको निर्वाचन लक्षित भएको बताए । उनले पार्टीको संगठन बलियो बनाउनकै निम्ती हरेक जनताको घरदैलोमा पुग्ने गरी काँग्रेसले अभियान संचालन गरेको बताए । शर्माले स्थानिय तह देखी केन्द्र सम्म काँग्रेसकै नेतृत्वमा हरेक महत्वपुर्ण काम र निर्णय भएका कारण आफ्ना स्पष्ट धारणा राख्नका निम्ती अन्तरक्रिया तथा छलफलको माध्यमबाट जनता समक्ष पुगेको बताए । उनले विधि पद्धतिभित्र बसेर आम जनताले औपचारिक बहसमा उभिन जरुरी रहेको बताए । शर्माले काँग्रेस बलियो बनाउने मेरुदण्ड नै तल्लो तहको संगठन भएको दाबी गरे ।

    कार्यक्रममा काँग्रेसका महाधिवेशन प्रतिनिधि सिताराम रसाईलीले हरेक जनताको सुख दुःखको सारथी भनेकै काँग्रस रहेका कारण यसमा गौरवका साथ लाग्नका निम्ती सवैमा आग्रह गरे । कार्यक्रमा राष्ट्रिय जनमोर्चा लगायतका विभिन्न दल परित्याग गरी एक दर्जन कार्यकताए काँग्रेसमा प्रवेश गरेको सचिव शर्माले जानकारी दिए । कार्यक्रममा बरेङ गाउँपालिका संयोजक एवं काँग्रेसका जिल्ला सदस्य पार्वती शर्मा, प्रदेश महाधिवेश प्रतिनिधि मोतिरा गौतम, मायाँ थापा, बरेङ गाउँपालिका पार्टी सभापति तुलसीराम पौडेल वडा नं. ५ का वडा अध्यक्ष अमर शेरपुजा लगायतले बोलेका थिए । कार्यक्रम धुल्लुबास्कोटका सभापति पुर्ण बहादुर थापाको अध्यक्षता, बरेङ गाउँपालिकाका सचिव अमृत गौतमको संचालनमा सम्पन्न भएको थियो ।


    बागलुङ पोस्ट

    सम्बन्धित समाचार