जुम्लाकाे तिला गाउँपालिका अध्यक्षमा पूर्व जनमुक्ति सेनाका कमाण्डर ‘बिन्दमान’को दाबी 

जुम्लाकाे तिला गाउँपालिका अध्यक्षमा पूर्व जनमुक्ति सेनाका कमाण्डर ‘बिन्दमान’को दाबी 

  • चैत्र ११, २०७८ शुक्रवार
  • २०:००:१५ बजे
  • 5.6K
    SHARES
  • जुम्लाकाे तिला गाउँपालिका अध्यक्षमा पूर्व जनमुक्ति सेनाका कमाण्डर ‘बिन्दमान’को दाबी 

    जुम्ला : स्थानीय तह निर्वाचनको मिति नजिकिएसँगै जुम्लाका प्रमुख राजनीतिक दल सम्बद्ध नेताले अध्यक्ष र मेयरको सम्भावित उमेदवारको रुपमा आफ्नो दाबी प्रस्तुत गर्न सुरु गरेका छन् । आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा जुम्लाको तिला गाउँपालिकाको अध्यक्षमा पूर्व जनमूक्ति सेनाका कमान्डर समेत रहेका जनक परियार ‘बिन्दमान’ माओवादी केन्द्रबाट पालिकाको अध्यक्षमा लड्ने भएका छन् ।

    युवा पुस्ताका प्रभावशाली उर्जावान जनप्रिया छवि बनाएका ‘विन्दमान’ तिला गाउँपालिको अध्यक्ष पदमा आफ्नो दाबी रहेको बताए । विद्यार्थीकाल देखी माओवादीको राजनीतिमा सक्रियहुदै सशस्त्र द्धन्द्धका बेला लडाकूको महत्वपुर्ण भुमिका खेल्दै जनमूक्ति सेनाको ‘बटालियन’कमान्डर समेत कुशलतापुर्वक जिम्मेवारी पुरा गरेका ‘विन्दमान’ माओवादी बाट आफु तिलाको अध्यक्षमा उम्मेदवारमा खडा भएको जानकारी दिए । युवा शक्तिले राजनीतिकको नेतूत्व लिनुपर्छ । युवावर्गले जनसेवा र जन चाहाना अनुसार काम गर्ने इच्छा ब्यक्त गरिरहेका छन । सोही मध्ये म पनि एक हु राजनीति र जनसेवालाई नजिकबाट नियाली रहेका ३८ वर्षीय ‘विन्दमान’ अध्यक्ष पदमा उम्मेदवारी दिने तयारी भएको बताए । पुर्व जनमूक्ति सेनाको ‘बटालियन’कमान्डरदेखि पार्टीको युवा संगठन योङ कम्युनिष्ट लिग (वाईसीएल) को नेतृत्वदायी भूमिका निर्वाह गरेका

    जनक परियार ‘बिन्दमान’ले राष्ट्रिय राजनीतिमा आफूलाई स्थापित गरिसकेका छन् । स्थानीय सरकारको नेतृत्वमा जान समस्या नभएको बताउँदै जनकले भने,“पार्टीको आवश्यकता अनुसार मैले परिबर्तन दृष्टिकोणसहित सफल नेतृत्व दिन सकेको छु । स्थानीय सरकारको नेतृत्व लिन नसक्ने भन्ने कुरै हुँदैन पार्टीले गर्ने निर्णयमा नै धेरै भरपर्छ । यो पटक पार्टीले मलाई जिम्मेवारी दिए म चुनाव लड्ने मनस्थितिमा छु ।”आम कार्यकर्ता र तिलाबासीको चाहना मतिर देख्दैछु । जिम्मेवारी समय,  परिस्थिति र पार्टीको आवश्यकता अनुसार निर्णय हुने विषय हो,” उनले भने ।

    “पार्टी सफल रुपमा नेतृत्व लिएको अनुभवले पनि अब मैले स्थानीय सरकार संचालन गर्ने जिम्मेवारीमा पुग्नुपर्छ भन्ने चाहना हो,” । मैले तयारी पहिलादेखी नै शुरु गरिसकेको छु । पार्टीमा दिएको योगदानको कदर पार्टी नेतृत्वले गर्नेछ भन्ने विश्वास लिएको छु । मेरो आकांक्षा खुलाबाट प्रदेश कमिटीमा रहेकोे थियो ।  समावेशीबाट पनि प्रदेश कमिटीमा परेन पार्टीले उचित मुल्यांकन गर्नेमा आफु विश्वास रहेको परियारले बताए ।

    को हुन जनक परियार ‘बिन्दमान’ ?
    जुम्लाको तिला गाउँपालिका – २ लिहीमा जन्मेका परियार १० कक्षबाट विद्यार्थी राजतितिकमा सक्रिया हुदै २०५७ देखी २०५८ सालसम्म अखिल क्रान्तिकारीको  विद्यार्थीको एरिया कमिटी सदस्य,दलितमुक्ति मोर्चा संयोजकको जिम्मेवारी हुदै २०५९ मा पहिलो पटक वाइसीएल घोषणा हुदाँ जुम्ला र कालिकोट जिल्लाको कोषाध्यक्षको भूमिका भई काम गरिसकेका परियार २०६० सालमा जनमूक्ति सेनाको बटालियन कमान्ड हुदै २०६३ देखि २०६८ सम्म अर्धाखाँची जिल्लाको वाइसीएल अध्यक्ष भई काम गरिसकेका छन् ।

    परियार हाल माओवादी केन्द जिल्ला समन्वय समिति जुम्लाका सदस्य र तिला गाउँपालिका कमिटीका उपाध्यक्षको जिम्मेवारीमा छन् । 


    विजय रावत

    उहाँ बागलुङ पाेस्ट डटकमका संवाददाता हुनुहुन्छ ।

    सम्बन्धित समाचार