ढोरपाटन नगरपालिका वडा नम्बर ६ मा गठबन्धनको चुनावी सभा 

ढोरपाटन नगरपालिका वडा नम्बर ६ मा गठबन्धनको चुनावी सभा 

  • चैत्र १३, २०७८ आइतवार
  • १९:५८:३६ बजे
  • 4.5K
    SHARES
  • ढोरपाटन नगरपालिका वडा नम्बर ६ मा गठबन्धनको चुनावी सभा 

    बुर्तिबाङ : ढोरपाटन नगरपालिकाको वडा नम्बर ६ मा गठबन्धनको चुनावी सभा सम्पन्न भएको छ । स्थानीय तह निर्वाचनलाई लक्षित गर्दै नेकपा एमालेका विरुद्धमा विभिन्न राजनीतिक दल सम्बद्ध गठबन्धनले ढोरपाटन नगरपालिकामा वेतिथी भएको र नगरप्रमुखले अराजकता देखाएको भन्दै विभिन्न दलहरु नेकपा एमाले र नगरप्रमुख देवकुमार नेपालीका विरुद्धमा निर्वाचनमा होमिने अभियानसहित विभिन्न स्थानमा सभा सम्मेलन तथा अगुवा कार्यक्रता प्रशिक्षण कार्यक्रमलाई अगाडी बढाएका छन् ।

    आइतबार आयोजित कार्यक्रम अन्र्तगत जनता समाजवादी पार्टी ढोरपाटन नगर अध्यक्ष हरि बहादुर घर्तीको अध्यक्षतामा आयोजित कार्यक्रममा नेपाली काँग्रेस जिल्ला उप–सभापती सागर छन्त्याल, नेकपा माओवादी केन्द्र गण्डकी प्रदेश सदस्य चन्द्रलाल अर्याल, राजमो केन्द्रीय सदस्य गौरीश्वर पाण्डे, जनता समाजवादी पार्टी जिल्ला उपाध्यक्ष गंगा बहादुर घर्ती, क्रान्तीकारी माओवादीका केन्द्रीय सदस्य निलबहादुर पुन,

    नेपाली काँग्रेस ढोरपाटन नगर सभापती धनबहादुर कायत, नेकपा माओवादी नगर अध्यक्ष भिम गौतम, नेपाली काँग्रेस महादिवेशन प्रतिनतिधी दिलमाया पौवी लगाएतको आतिथ्यता एवम मन्तव्य रहेको कार्यक्रम गोपाल महतले सञ्चालन गरेका थिए । कार्यक्रममा अगुवा कार्यक्रताको सहभागिता रहेको जनाइएको छ । 


    बागलुङ पोस्ट

    सम्बन्धित समाचार