बुर्तिबाङ : कर्मफ्लाईट्स फाउन्डेशन पोखराको आयोजना तथा निसीखोला गाउँपालिकाको समन्वयमा निसीखोला गाउँपालिका वडा नम्बर २ अर्नाकोट देउरालीमा एक दिने निशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । शिविरमा सामान्य चिकित्सा तथा पेट सम्बन्धी विशेषज्ञ उपचार सेवा, औषधी तथा परामर्श, निः शुल्क चेकजाँच, सामान्य घाउचोटको उपचार र दाँतको उपचार गरिएको थियो ।
शिविरमा निसीखोला गाउँपालिका वडा नम्बर २ सहित ढोरपाटन नगरपालिका वडा नम्बर २, ५ र ७ का ४२० जना नागरिकले सेवा लिएका छन् । शिविरमा महिला तथा प्रसुति रोगको चेकजाँच तथा भिडियो एक्सरे, भिडियो एक्सरे, ब्लड, सुगर परिक्षण गरिएको छ । जसमा १४० पुरुष र २८० महिलाले सेवा लिएका छन् । शिविरमा ७० जनाको दन्त परिक्षण गर्दा बढि मात्रामा किरा लागेर समस्यामा परेका बिरामी सहभागी रहेको र २३ जनाको
दाँत निकालिएको कर्मफ्लाईट्स फाउन्डेशनका डाइरेक्टर प्रेमबहादुर कुवँरले बताए । शिविरमा महिलामा बढि मात्रामा पाठेघरको समस्या देखिएको ११० जनाको भिडियो एक्सरे समेत गरिएको बताइएको छ ।