बुर्तिबाङ : जिल्लाको तमानखोला गाउँपालिकाले बोंगादोभान स्वास्थ्य चौकीमा अध्यक्ष फार्मेसी एवम् विस्तारित स्वास्थ्य सेवा सञ्चालनमा ल्याएको छ । कार्यक्रममा तमानखोला गाउँपालिका अध्यक्ष जोकलाल बुढाले पालिका भित्रका जनतालाई स्वास्थ्य क्षेत्रमा केही सहजता प्रदान गर्नको लागि बोंगादोभान स्वास्थ्य चौकीमा थप सेवा विस्तार गरिएको बताए । उनले पालिका भित्ररहेका नागरिकलाई सामान्य औषधी किन्नको लागि पालिकाभन्दा बाहिरा पुग्नु पर्ने सम्स्या भएका कारण जनतालाई थप सेवा दिने उद्देश्यले सेवा विस्तार गरिएको बताए ।
स्वास्थ्य सेवामा सेवा थपिएसँगै स्वास्थ्य क्षेत्रलाई थप गुणस्तरीय बनाउन सहयोग उनको भनाई छ । कार्यक्रममा तमानखोला गाउँपालिका उपाध्यक्ष मानसरी शेरचनले अझै पनि गाउँगाउँमा घरमै प्रसुति गराउने क्रम नरोकिएको भन्दै यसलाई रोक्नको लागि स्वास्थ्य स्वायमंसेविकाहरुले जनचेतना फैलाउनु पर्नेमा जोड दिइन् । गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत विकास लम्सालले गाउँपालिकाले पालिका भित्रका जनतालाई मध्यनजर गदै जनतालाई प्रत्येक्ष रुपमा सेवा दिनका लागि स्वास्थ्य सेवा विस्तर गरिएको बताए । कार्यक्रमा तमानखोला गउँपालिका स्वाथ्य शाखा प्रमुख तिलक छन्त्यालले स्वाथ्यसेवालाई थप गुणस्तरीय
बनाउँदै नेपाल सरकारले स्वाथ्य चौकीलाई ३५ प्रकारका औषधी मात्रै उपलब्ध गराउने गरेकोमा भन्दै यसलाई ६८ प्रकारको बनाएको बताए । बोंगादोभान स्वाथ्यचौकीमा थप सेवा दिने गरि एक्सरे सेवा र ल्याव सेवा समेत उपलब्ध गराईने गरेको छन्त्यालले जानकारी दिए । बोंगादोभान स्वाथ्य चौकीमा आजनै प्रसुति प्रतिक्षाघर सञ्चाललनमा ल्याईएको छ । फेएरमेड फाउन्डेशनको सहयोगमा प्रसुति घर सञ्चालनमा ल्याईएको हो ।
आइ इयुसिडी र इम्पलान्ट सेवा लगाएतका सेवा पनि थप गरिएको छ । कार्यक्रम स्वास्थ्यचौकी व्यावस्थापन समिति अध्यक्ष तथा तमानखोला गाउँपालिका वडा नम्बर १ का अध्यक्ष थम बहादुर रोकाको अध्यक्षतता, अनमी नमी घर्तीको स्वागत र बोंगादोभान स्वास्थ्यचौकी प्रमुख होम बहादुर घर्तीको सञ्चालनमा सम्पन्न भएको थियो ।