निसीखोलामा भिरबाट लडेर १९ वर्षीय युवाको मृत्यु

निसीखोलामा भिरबाट लडेर १९ वर्षीय युवाको मृत्यु

  • चैत्र १७, २०७८ बिहिवार
  • ०९:५३:५५ बजे
  • 11.1K
    SHARES
  • निसीखोलामा भिरबाट लडेर १९ वर्षीय युवाको मृत्यु

    बागलुङ : निसीखोलामा भिरबाट लडेर एक युवकको युत्यु भएको छ । निसीखोला गाउँपालिका वडा नम्बर ५ निवासी १९ वर्षीय डोर बहादुर घर्ती मगरको मृत्यु भएको हो । बुधबार दिउसो एक बजे चोया काड्ने निगालो काट्न गएको बेला भिरबाट लडेर घर्तीको मृत्यु भएको इलाका प्रहरी

    कार्यालय बुर्तिबाङका प्रमुख जयराम वन्तले जानकारी दिए । भिरबाट लडेर घाइते भएका घर्तीलाई स्थानीयले उपचारका लागि बुर्तिबाङ स्थित बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा ल्याएका थिए । बुर्तिबाङमा उपचार हुन नसकेपछि घर्तीलाई पोखरा लैजाँदै गर्दा बुधबार रातनै बाटोमा मृत्यु भएको प्रहरी निरीक्षक वन्तले बागलुङ पोस्टलाई जानकारी दिए । घर्तीको शवलाई अहिले बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा

    पोस्टमार्टमका लागि राखिएको छ । पोस्टमार्टम गरेपछि शव परिवारलाई जिम्मा लगाइने प्रहरीले जनाएको छ । मृतक घर्ती मगरको एक छोरा र श्रीमती रहेको बताइएको छ ।


    बागलुङ पोस्ट

    सम्बन्धित समाचार