निसीखोलामा पिकअप जिप दुर्घटना, एक जनाको मृत्यु

निसीखोलामा पिकअप जिप दुर्घटना, एक जनाको मृत्यु

  • चैत्र १५, २०७८ मंगलवार
  • १९:४५:३७ बजे
  • 14.6K
    SHARES
  • निसीखोलामा पिकअप जिप दुर्घटना, एक जनाको मृत्यु

    बुर्तिबाङ : बागलुङको निसीखोलामा पिकअप जिप दुर्घटना भएको छ । दुर्घटनामा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ढोरपाटन नगरपालिका वडा नम्बर १ का ४७ वर्षीय ऋतुवर्ण पौडेलको मुत्यु भएको इलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रमुख जयराम वन्तले जानकारी दिए ।

    May be an image of 9 people and body of water

    मंगलबार साँझ ६ः४५ बजे निसीखोला गाउँपालिकाको निसीबाट बुर्तिबाङ तर्फ आउँदै गरेको लु १ त ९४८० नम्बरकको पिकअप जीप दुर्घटना भएको प्रहरी निरीक्षक वन्तको भनाई छ । पिकअप जिप सडकबाट करिब १०० मिटर तल निसीखोलामा खसेको प्रहरीले जनाएको छ ।

    दुर्घटनामा ३८ वर्षीय सुरेश थापा घाइते भएको प्रहरीले जनाएको छ ।

     


    छबिलाल पाण्डे

    उहाँ बागलुङ पोस्ट डटकमका संवाददाता हुनुहुन्छ ।

    सम्बन्धित समाचार