विद्यार्थीका माग पूरा हुने भएपछि निसीभुजी जनता क्याम्पसमा लगाइएको ताला खुल्यो  

विद्यार्थीका माग पूरा हुने भएपछि निसीभुजी जनता क्याम्पसमा लगाइएको ताला खुल्यो  

  • चैत्र २६, २०७८ शनिवार
  • २१:२८:४५ बजे
  • 4.7K
    SHARES
  • विद्यार्थीका माग पूरा हुने भएपछि निसीभुजी जनता क्याम्पसमा लगाइएको ताला खुल्यो  

    बुर्तिबाङ : निसीभुजी जनता क्याम्पस बुर्तिबाङमा शुल्क वृद्धि विरोधमा शुक्रबार विद्याथीद्वारा लगाइएको ताला शनिबार खोलिएको छ । क्याम्पस सञ्चालक समिति अध्यक्ष चन्द्रलाल अर्याल, सदस्य अशोक विक, सदस्य टेक बहादुर कुँवर, हर्क गुरुङ, क्याम्पस प्रमुख कृष्णकान्त आचार्य र विद्यार्थी बिचको छलफलबाट

    विद्यार्थीबाट लिएको अतिरिक्त फिर्ता गर्ने,  शुल्क हेरफेर गरिने, क्यामपस प्रमुखले विधार्थीसँग गरेको अस्वभावक आशोभाविक व्यवहार प्रति क्षमा मागे लगत्तै क्याम्पस ताला खोलिएको स्नातक तेस्रो वर्षमा अध्ययनरत विद्यार्थी कोसिश जिसीले बताए । क्याम्पस प्रशासनले मनोमानी रुपमा शुल्क असुलेको भन्दै शुल्कमा समेत हेरफेर गरिने सहमति भएको बताइएको छ । क्याम्पस प्रमुखले पहिलो वर्ष रजिस्ट्रेसन शुल्क

    लाग्ने भएता  पनि दोस्रो वर्ष समेत विद्यार्थीबाट प्रत्येक वर्ष शुल्क असुली गरेको बताइएको छ । क्याम्पसमा नियमित अध्ययन नभएको तथा बिबिएसको विषयलाई निरन्तर रूपमा नगरिएको लगायतको विषयलाई लिएर शुक्रबार क्याम्पस प्रशासनमा ताला लगाएका थिए ।


    विनाेद विश्वकर्मा

    उहाँ बागलुङ पोस्ट डटकमका सम्वाददाता हुनुहुन्छ ।

    सम्बन्धित समाचार