बागलुङ : अनिल पौडेलको ‘तिमी बिना हाँसेर हिड्न’ गीत सार्वजनिक भएको छ । चर्चित गायक विक्रम परियार र सुनिता बुढा क्षेत्रीको स्वरमा रहेको गीतमा शिव सुवेदीले संगीत भरेका छन् ।
गीतमा स्वमं पौडेल र चर्चित मोडल जुना गुरुङले अभिनय गरेका छन् । निसीखोला क्षेत्रमा गरिएको गीतको भिडियो शिव सुवेदी नामक युट्युव च्यानल मार्फत बजारमा आएको छ । गीतको भिडियो निर्देशक विनोद भण्डारीले गरेका छन् ।
पौडेलले यसभन्दा अगाडी पनि केही पञ्चेबाजा लगायतका गीतमा अभियन गरि सकेका छन् ।