स्याङ्जा : बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि स्याङ्जाको चापाकोट नगरपालिकामा धेरैले मेयरका लागि आकांक्षा व्यक्त गरेका छन् । त्यस मध्येका एक हुन्, सुन्दर भण्डारी । लामो समय विद्यार्थी राजनीतिमा होमिएका भण्डारी विभिन्न कालखण्डमा कांग्रेस पार्टीमा आवद्ध हुँदै आएका छन् । उनले यस पटकको स्थानीय चुनावमा चापाकोटको नेतृत्व गर्ने गरि तयारी समेत थालि सकेका छन् ।
को हुन् सुन्दर भण्डारी ?
भण्डारी सहिद नेत्र भण्डारीका एक्ला पुत्र हुन् । जन्म चापाकोट ९ मा जन्मिएका भण्डारी राजनीतिमा वर्षौँ पहिलेदेखि लाग्दै आएका छन् । पढाईमा निकै अब्बल रहेका भण्डारीले २०५३ सालमा गंगालाल माविबाट एसएलसी गरे त्यसपछि पश्चिमाञ्चल इन्जिनियरिङ कलेजबाट आई., कान्तिपुर इन्जिनियरिङ कलेज, काठमाडौंबाट बीई, नेपाल इन्जिनियरिङ कलेज पोखरा विश्वविद्यालयबाट एमई गरे ।
पेशागत संलग्नता
उहाँले सन् २००१ बाट इन्जिनियरिङ क्षेत्रलाई व्यावसायिक पेशाको रुपमा अङ्गाले । सन् २००७ देखि २००८ सम्म, नेपाल सरकार तथा एसियन डेभ्लभमेन्ट बैंक (एडिबी) को आर्थिक सहायतामा सिभिल इन्जिनियरिङ, सन् २००१ देखि २०१० सम्म वैकल्पिक उर्जा प्रवद्र्धन केन्दमा उर्जा तथा वातावरण अधिकृत र सन् २००१ देखि २०१० सम्म खाद्य कार्यक्रममा सिभिल इन्जिरियरको रुपमा रहेर भण्डारीले काम गरे ।
सन् २०१० देखि २०२१ सम्म सहरी विकास मन्त्रालयअन्तर्गत नगर विकास कोषमा वरिष्ठ इन्जिरियरको रुपमा कार्यरत भण्डारी बस्ती विकास आयोजना र डिपिआर निर्माणको विज्ञको रुपमा कार्यरत हुनुहन्थ्यो । उहाँसँग एक सय भन्दा माथिका ठूला प्रोजेक्टमा काम गरेको अनुभव छ ।
राजनीतिक संलग्नता
परिवारिक राजनीतिक पृष्ठभूमिमा जन्मेका भएका भण्डारी विसं २०५१ देखि २०५३ सम्म गंगाालाल माविको नेविसंघ सभापति, सिइडिइएन (सेन्ट्रल फर डेमोक्रटिक इन्जिनियर) को स्थापनादेखि क्रियाशिल सदस्य भएर काम गरेका छन् । त्यसैगरी उनले नेविसंघको विभिन्न ठाउँमा विभिन्न पदमा बसेर पनि काम गरेको बताका छन् ।
बुबाको मृत्युपछि वृद्ध हजुर बुबा, हजुरआमा र आमाको रेखदेख गर्ने जिम्मेवारी उनको काँधमा आइपर्यो ।
जनयुद्धको समयमा उनलाई घरमा राम्रोसँग बस्ने वातावरण नभएपछि अस्थायी रुपमा काठमाडौं बस्न थाले । नेपाली काँग्रेसको १४ औँ महाधिवेशनमा क्षेत्रीय प्रतिनिधि भएर केन्द्रीय महाधिवेशन प्रतिनिधि लड्ने योजना बनाएर राजनीतिमा होमिएका भण्डारीलाई वडाबाट नै क्षेत्रीय प्रतिनिधि बन्न बञ्चित भएका थिए ।
सुन्दर भण्डारी राजनीतिमा नै किन ?
आफ्नो व्यवसायिक र कुशलताका कारण कर्मचारी वृतमा लोकप्रिय भण्डारी सहिद परिवार, पुरानो राजनीतिक पृष्ठभूमि तथा जिल्लाले नै चिनेका नेत्र भण्डारीको छोरा हुनु मात्रै मेयरका लागि हुनुपर्ने गुण भने होइन । पेशागत दक्षता, इमानदारीता, लगनशीलता र छोटो समयमा नै उहाँले प्राप्त गरेको पेशागत र व्यवसायिक सफलता राजनीतिमा आउन सक्यो भने चापाकोटले एउटा सफल, सक्षम र हुनाहर नेतृत्व प्राप्त गर्ने स्थानीयको अपेक्षा छ ।
के के छन् भण्डारीका योजनाहरु ?
नेपाली काँग्रेस चापाकोटबाट मेयरका आकांक्षी रहेका भण्डारीले चापाकोट नगरपालिकाको विकासलाई पिपिपि मोडलमा अगाडि बढाउने योजना बनाएको दाबी गरे । उनले भने, “अब चापाकोटको विकासको लागि स्थानीय, प्रदेश र संघीय सरकारको बजेट मात्रै नभई डोनर एजेन्सी (एडीवी, वल्ड बैंक, जाइका, युएस एड) बाट पनि पैसा ल्याएर नगरपालिकाको विकास गर्न आवश्यक छ ।”
‘चापाकोट सहर उन्मुख नगरपालिका भएकोले यहाँको बस्तीलाई व्यवस्थित गराउन आवश्यक छ,’ उनले भने ‘यसको लागि सुविधा सम्पन्न बस्ती विकास गर्ने योजना बनाएको छु’ नगरभित्रको हालको करको दायरा घटाउने र पाँच वर्षभित्र नगरपालिकाको कार्यालयदेखि प्रत्येक वडा कार्यालयसम्म पुग्ने सडक कालोपत्रे गर्ने भण्डारीले दाबी गरे ।
‘नगरपालिकाको वडा नम्बर १, २ को माथिल्लो भाग, ३, ४, ५ र ६ को केही भागबाट बसाइ सराई दर धेरै छ,’ भण्डारीले भने “यसको न्यूनीकरण गर्न अध्ययन गरी दर घटाउनका लागि सुविधा विस्तार गर्ने र पालिकाको स्रोत र साधनहरुको समानुपातिक तरिकाले वितरण गर्छु ।”
साना तथा मझौला उद्योगको सम्भाव्यता अध्ययन गरी निजी लगानीकर्तालाई प्रोत्साहन गरी स्वरोजगार तथा रोजगारीको व्यवस्था गर्ने भण्डारीले दाबी गरे । उनले भने, ‘व्यवसायिक रुपमा कृषि खेती गर्न प्रोत्साहन गर्नको लागि कृषकहरुलाई तालिम, औजार, कृषि विज्ञदेखि बजारीकरणमा आवश्यक समन्वय गर्छु ।’
किसान प्राविधिक शिक्षालय, चापाकोट क्याम्पस, प्रस्तावित कृषि क्याम्पस र सार्वजनिक विद्यालयहरुलाई उच्च प्राथमिकतामा राखि भौतिक निर्माण एव् गुणस्तरीय शिक्षा बनाउन योजना बनाएर काम गर्ने र सम्भाव्यता अध्ययन भएको जलासयलाई डिपिआरको प्रक्रिया अगाडि बढाउने उनले बताए ।
कालीगण्डकी धार्मिक पर्यटनको रुपमा विकास गर्ने संघीय सरकारको योजनालाई साथ दिदै केलादी, उत्तरगंगा जस्ता धार्मिक महत्वको स्थानलाई प्रचार प्रसार गरी जलयात्राको सम्भावना खोजी गर्ने उनको भनाई । उनले भने “घनौसा पार्क, सितलपार्क, रामडाँडाको गुरुयोजना बनाएर आन्तरिक र वाहय पर्यटन आकर्षित गर्न योजना बनाएर काम गर्ने र बच्चा तथा वृद्धाहरुको लागि पार्क निर्माण गर्छु ।”