बुर्तिबाङ : ढोरपाटनमा संयुक्त गठबन्धनको कार्यालय उद्घाटन तथा युवा प्रशिक्षण कार्यक्रम सोमबार बुर्तिबाङमा सम्पन्न भएको छ । आगामी स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै विभिन्न पाँच दलीय गठबन्धनले निर्वाचन लक्षित कार्यक्रमलाई थप शसक्त बनाउँदै कार्यालय उद्घाटन गरेको छ भने ९ वटै वडाका युवालाई समेट्दै प्रशिक्षण मुलक कार्यक्रम समेत गरेको छ ।सभालाई सम्बोधन गर्दै नेताहरुले गठबन्धनको जित सुनिश्चत भइसकेका कारण ढोरपाटन नगरपालिकाको ९ वटै वडामा गठबन्धनको जित हुने बताए ।
यस नगरपालिकामा कम्तीमा पाँच हजार मतान्तरले नेकपा एमाले पराजित हुने नेताहरुले बताए । कार्यक्रममा नेपाली काँग्रेस गण्डकी प्रदेश सदस्य अर्जुन शेरचनले बोल्दै ढोरपाटन नगरपालिका विकास र समृद्धिका हिसाबले खराब पात्रकै कारण १० वर्षपछि परिसकेको बताउँदै अझै जनता सचेत नभए नगरपालिका ठुलो दुर्घटनामा फस्ने बताए । नगरपालिकामा जनताको काम र विकास नभई भ्रष्ट्राचार, बेतिथी, अनियमितता र आफ्नो चाकडी गर्ने व्यक्तिलाई पाल्दैमा नगर प्रमुख देवकुमार नेपालीको कार्यकाल सकिएको बताए । नयाँ शहर आयोजनामा उस्तै बेतिथी भएको र राज्यको करोडौँ रुपैयाँको बजेट जनताको आवश्यकता र यहाँको परिवेश अनुसार हुनु पर्नेमा मेयरले एकलौटी ढंगले योजना अगाडी बढाएको आरोप लगाए ।
नेकपा माओवादी केन्द्र गण्डकी प्रदेश सदस्य तथा ढोरपाटन नगर इन्चार्ज चन्द्रलाल अर्यालले ढोरपाटन नगरपालिकामा गठबन्धन विथोलिनेमा कुनै आशंका नगर्न कार्यक्रतालाई आग्रह गर्दे ४७ वटै पदमा गठवन्धन विजयी हुने गरी निर्वाचनमा होमीन आग्रह गरे । जुन पार्टीले जुन पदमा टिकट पाए पनि कुनै आशंका नगरी विजयी गराउने गरी लाग्न उनको आग्रह छ ।नेपाली काँग्रेसका युवा नेता तथा महाधिवेशन प्रतिनिधी दोर्ण कुमार कुवँरले गरिब, दुःखी, दलित जनताको आँखामा हिलो छ्यापेर जनताको दुःख, पसिनामा रजाँई गर्ने मतियारलाई पाखा लगाउन गाउँ गाउँमा सक्रिय पूर्वक उत्साहका साथ जुट्न युवा कार्यक्रतालाई आग्रह गरे ।
ढोरपाटन कृषि, पर्यटन, स्वास्थ्य, शिक्षा जस्ता विकासको आवश्यकता र प्रसस्त सम्भावना हुँदै गर्दा जनताका आधारभुत आवश्कताबाट वर्तमान नेकपा एमालेको सरकारले पछाडी परिसकेका कारण जनताको निराशालाई आशामा बदल्न गठबन्धन आवश्यक रहेको बताए । गठन्धनको भारी मतले जित सुनिश्चतका लाीग थप सक्रिय पूर्वक जुट्न आग्रह गरे । राष्ट्रिय जनमोर्चा केन्द्रीय सदस्य गौरीश्वर पाण्डेले तानाहास र जनताको मत पाएर छोटे राजा बनेका कु–तत्वलाई परास्त गर्नका लागि गठबन्धन भएको बताउँदै जुन कुनै हालतमा लोकतन्त्रमा आएका छोटे राजा हटाउनका निम्ती सक्रिय पुर्वक अगाडी बढ्न कार्यक्रतलाई आग्रह गरे ।
आफुहरुको गठबन्धन विगत २ वर्षदेखि भएको र अब पनि पाँच वर्षसम्म निरन्तर चल्दै जाने बताए । एकिकृत समाजवादी पार्टी ढोरपाटन नगर अध्यक्ष हरिबहादुर घर्तीले नेकपा एमालेले मानसिक रुपमा हार व्यहोरीसकेका कारण निर्धक्क भएर आफना उमेद्वारलाई भारी मतले जिताउने गरी लाग्न आग्रह गरे । जनता समाजवादी पार्टी गण्डकी प्रदेश सचिव शंकर कुवँरले जनताका हक अधिकार सुनिश्चित गर्दै खराब पात्रलाई हटाउन गठबन्धन भएको बताए ।जनता समाजवादी गण्डकी प्रदेश सदस्य अशोक विकले
ढोरपाटनमा नगर प्रमुख नेपालीले दलितको बुई चढेर अहंकारको राजनीति गरेको भन्दै यसपटक दलीतहरुबाटै गलत्याउने गरी अगाडी बढिको बताए । पछिल्लो पाँच वर्षमा दलितको हक अधिकार उनीहरुको शिक्षा, चेतना तथा समग्र ढोरपाटन नगरपालिकाको विकास र समृद्धिमा कुनै काम गर्न नसकेका कारण यस्ता खराब पात्रलाई पाखा लगाउनुको विकल्प नरहेको बताए । कार्यक्रमममा नेपाली काँग्रेस क्षेत्रीय सभापती जोकलाल बुढा, राष्ट्रिय जनमोर्चाका भिमशेन वन, नेकपा माओवादी केन्द्र प्रदेश सदस्य थमप्रकाश पुन,नगर उपाध्यक्ष
सुमित पुन लगाएतले आफनो प्रशिक्षण मुलक मन्तव्य राखेका थिए । ढोरपाटनमा उमेद्वारको केहि दिनभित्रै टुङ्गो लाग्ने गरी गृहकार्य भइरहेका कारण सक्रिय पूर्वक टोल र वडामा जुट्न कार्यक्रतालाई आग्रह गठबन्धनले गरेको । नेपाली काँग्रेस ढोरपाटन नगर सभापती धनबहादुर कायतको अध्यक्षता, नेकपा माओवादी केन्द्र ढोरपाटन नगर अध्यक्ष भिम गौतमको स्वागत, सचिवलाय सदस्य गोपाल महतको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको हो ।