खिम बहादुर श्रीस, बुर्तिबाङ : आगामी स्थानीय तह निर्वाचनका लागि तमानखोला गाउँपालिकामा अध्यक्ष पदमा नेपाली काँग्रेसबाट ६ जना आकांक्षी देखिएका छन् । स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा गाउँपालिका अध्यक्ष पदको आकांक्षीमा वर्तमान गाउँपालिका अध्यक्ष जोकलाल बुढासहित
६ जनाले आकांक्षा व्यक्त गर्दै आफ्नो नाम क्षेत्र र जिल्लामा पठाएका छन् । पार्टीको गाउँपालिका स्तरीय छलफलमा उम्मेदवारको आकांक्षी धेरै भएकोले सहमती हुन नसकेपछी क्षेत्र र जिल्लामा पठाइएको बताइएको छ । अध्यक्ष पदको आकांक्षा व्यक्त गर्नेमा गाउँपालिका अध्यक्ष जोकलाल बुढा, नेपाली काँग्रेस निर्वाचित जिल्ला सदस्य चुडामणी छन्त्याल, पूर्व जिल्ला सदस्य खिम बहादुर पुन, क्षेत्रीय सचिव धर्मबहादुर घर्ती,पालिका सभापती
लिला कुमार छन्त्याल र प्रदेश सदस्य खगेन्द्रमान पुन रहेका छन् । गठबन्धन भएका कारण जिल्लाबाटै कुन पालिकामा कुन पार्टीलाई टिकट दिने भन्ने अन्यौल रहेता पनि पार्टी भित्र आन्तरिक छलफल र आकांक्षीको संख्या बढ्दो छ । पालिकामा सहमती नभएपछी जिल्ला तहबाट अन्तिम उम्मेदवारको टुङ्गो लाग्ने देखिएको हो ।