ढोरपाटन जाँदै गरेको पिकपजिप दुर्घटना हुँदा चार जना घाइते

ढोरपाटन जाँदै गरेको पिकपजिप दुर्घटना हुँदा चार जना घाइते

  • बैशाख ९, २०७९ शुक्रवार
  • १५:०४:०६ बजे
  • 5.2K
    SHARES
  • ढोरपाटन जाँदै गरेको पिकपजिप दुर्घटना हुँदा चार जना घाइते

    बुर्तिबाङ : ढोरपाटन जाँदै गरेको पिअपजिप दुर्घटनामा परेको छ । जिल्लाको ढोरपाटन नगरपालिका वडा नम्बर ८ सेराबाङदेखि ढोरपाटन जाँदै गरेको ग ३ च ९७८९ नम्बरको पिकअपजिप दुर्घटना हुँदा चार जना घाइते भएका छन् ।

    घाइते हुनेमा ढोरपाटन–९ की ५० वर्षीया नरमता विक, सोही ठाउँका ३ वर्षीय यविक विक, वडा नम्बर ८ की ६० वर्षीया जैकला विक र ४० वर्षीया लक्ष्मी घाइते भएको इलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रमुख प्रहरी निरीक्षक राजेशकुमार शर्मा अधिकारीले जानकारी दिए ।

    घाइतेहरुको प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको उनको भनाई छ । चालक ढोरपाटन नगरपालिका वडा नम्बर ८ का २३ वर्षीय रेशम सुनार प्रहरीले नियन्त्रणमा लिएको छ ।


    विनाेद विश्वकर्मा

    उहाँ बागलुङ पोस्ट डटकमका सम्वाददाता हुनुहुन्छ ।

    सम्बन्धित समाचार