बागलुङमा मिल्यो गठबन्धनको पालिका बाँडफाँडा (हेर्नुहोस कुन पालिका कसलाई)

बागलुङमा मिल्यो गठबन्धनको पालिका बाँडफाँडा (हेर्नुहोस कुन पालिका कसलाई)

  • बैशाख १२, २०७९ सोमवार
  • ०८:००:३९ बजे
  • 5.6K
    SHARES
  • बागलुङमा मिल्यो गठबन्धनको पालिका बाँडफाँडा (हेर्नुहोस कुन पालिका कसलाई)

    बागलुङ : आगामी बैशाख ३० गते हुन लागेको स्थानीय निर्वाचनका लागि बागलुङमा ५ दलीय गठबन्धनले भागबन्डा मिलाएको छ । केही दिनदेखि बसेको गठबन्धनको बैठकलले आइतबार मध्यरातमा मात्रै भागबन्डा टुङ्ग्याएको छ ।बैठकले स्थानीय तहसंगै जिल्ला समन्वय समितिमा समेत भागवण्डा मिलाएका छन् ।

    बागलुङका चार नगरपालिका मध्ये बागलुङ नगरपालिका र गलकोट नगरपालिकामा प्रमुख नेपाली कांग्रेस, जैमिनी नगरपालिकामा प्रमुख  राष्ट्रिय जनमोर्चा र ढोरपाटन नगरपालिकाको प्रमुख माओवादी केन्द्रलाई दिने सहमति भएको छ । यस्तै छ गाउँपालिका मध्ये काठेखोला, बडिगाड, निसी र तमानखोलाको अध्यक्ष नेपाली कांग्रेस, ताराखोलाको अध्यक्ष माओवादी केन्द्र र बरेङको अध्यक्ष जनमोर्चाले पाउने सहमति भएको एक नेताले बताए ।  गठबन्धनले उपप्रमुख तथा उपाध्यक्ष समेत टुङ्ग्याएको छ ।

    बागलुङ नगरपालिका, गलकोट नगरपालिका, निसीखोला गाउँपालिकामा माओवादी केन्द्र, जैमिनी नगरपालिका र काठेखोला गाउँपालिकाकामा राष्ट्रिय जनमोर्चा, जैमिनी नगरपालिका, ताराखोला गाउँपालिका र बरेङ गाउँपालिकामा नेपाली कांग्रेस र तमानखोला गाउँपालिकामा नेकपा एकीकृत समाजवादीले पाउने भएका छन् । 

    सबै वडामा समेत भागवण्डा मिलाएका छन् । नेकपा एकीकृत समाजवादीले बागलुङ नगरपालिका वडा नम्बर २, जनमोर्चाले बागलुङ नगरपालिका वडा नम्बर १२ र काठेखोला वडा नम्बर ४ पाएपछि सहमति जुटेको एक नेताले बताए ।


    बागलुङ पोस्ट

    सम्बन्धित समाचार