राजनीति

हेर्नुहाेस बागलुङकाे कुन वडामा कसले पायाे अध्यक्ष

हेर्नुहाेस बागलुङकाे कुन वडामा कसले पायाे अध्यक्ष

  • बैशाख १२, २०७९ सोमवार
  • १०:२५:०४ बजे
  • 17.9K
    SHARES
  • हेर्नुहाेस बागलुङकाे कुन वडामा कसले पायाे अध्यक्ष

    बागलुङ : बागलुङमा पाँच दलीय गठबन्धनकाे बैठकले वडा तहसम्मै भागबन्डा गरेकाे छ । लामो समयको छलफल र कसरतपछि साेमबार राती मात्र दलहरु बीच सहमती भएको हो । सहमति अनुसार बागलुङ नगरपालिकामा नगर प्रमुख नेपाली काग्रेसलाई उप प्रमुख माओवादी केन्द्रले पाएको छ । वडा नम्बर १, ३, ६, ७, ८, ९, ११, १३, १४ मा वडा अध्यक्ष नेपाली काग्रेसलाई दिने गरि सहमती भएको छ ।

    नेकपा एसलाइ वडा नम्बर २, ५, १० वडा अध्यक्ष दिने सहमती भएको छ । भने माओवादी केन्द्रलाई ४ नम्बर वडामा अध्यक्ष र राजमोलाई १२ नम्बर वडाको वडा अध्यक्ष दिने सहमती भएको छ । त्यस्तै जैमिनी नगरपालिकामा नगर प्रमुख राष्ट्रिय जनमोर्चालाई उपप्रमुख नेपाली काग्रेसलाई दिने गरि सहमती भएको छ । वडा नम्बर ९ र १० मा जनमोर्चालाई वडा अध्यक्ष दिने , माओवादी केन्द्रलाई वडा नम्बर ३ र ६ वडाको वडा अध्यक्ष दिने सहमती भएको छ । भने ,१,२,५,७ र ८ वडाको अध्यक्ष नेपाली काँग्रेस दिने निर्णय गरेको छ । वडा नम्बर ४ नेकपा एसले लिएको छ । त्यस्तै बरेङ गाउँपालिकाको अध्यक्षमा

    राष्ट्रिय जनमोर्चालाई उपाध्यक्षमा नेपाली काँग्रेसलाई दिने निर्णय भएको छ । वडा नम्बर १ र २ राजमोलाई ४ वडा माओवादी केन्द्रलाई र ५ वडा नेपाली काँग्रेस अध्यक्ष दिने सहमती भएको छ । त्यस्तै काठेखोला गाउँपालिकामा अध्यक्ष नेपाली काग्रेसलाई उपाध्यक्ष राजमोलाई दिने सहमती भएको छ । १, २ ,५, ६ र ८ वडा नेपाली कांग्रेसलाई ३ नम्बर वडा नेकपा एसलाई ४ नम्बर वडा राजमोलाई र ७ नम्बर माओवादी केन्द्रका उम्मेदवारलाई वडा अध्यक्षमा उठाउने गरि सहमती भएको छ ।गल्कोट नगरपालिकामा

    नगर प्रमुख नेपाली काग्रेसको उम्मेदवार बन्ने र उप प्रमुख माओवादी केन्द्रले पाएको छ । भने वडा नम्बर १ र ११ राजमोलाई वडा अध्यक्ष दिईएको छ । नेपाली काग्रेसलाई वडा नम्बर २,३,४,५,८,९ वडा अध्यक्ष दिइएको छ ।  भने माओवादी केन्द्रलाइ गल्कोटमा ६ र ७ वडामा वडा अध्यक्षको उम्मेदवार बन्ने सहमती भएको छ । तारोखोला गाउँपालिकामा माओवादी केन्द्रले अध्यक्ष उम्मेदवार बन्ने सहमती पाएको छ । भने उपाध्यक्षमा नेपाली काँग्रेसका उम्मेदवार बन्ने छन् । सबै वडामा माओवादीले नै अध्यक्षको उम्मेदवार बनाउने गरि सहमतीभ एको छ ।

    बडिगाड गाउँपालिकामा नेपाली काग्रेसले अध्यक्ष पाएको छ । भने राजमोले उपाध्यक्षको उम्मेदवार बनाउने सहमती भएको छ । वडा नम्बर १ र ८ राजमोले वडा अध्यक्ष पाएको छ । वडा नम्बर ४ र १० माओवादी केन्द्रलाई वडा अध्यक्ष दिने सहमती भएको भने वडा नम्बर २,३,५,६,७ र ९ मा नेपाली काँग्रेसले वडा अध्यक्ष उठाउने छन् । निसीखोला गाउँपालिकामा अध्यक्ष नेपाली काग्रेसलाई उपाध्यक्ष माओवादी केन्द्रलाई दिने सहमती बनेको छ । वडामा नेपाली कांग्रस, राजमो र माओबादी केन्द्रले पहिले जीतेका

    वडामा आ–आफ्ना उमेद्वार बनाउने सहमति भएको छ । त्यस्तै तमानखोला गाउँपालिकामा नेपाली काग्रेसलाई अध्यक्ष दिने र उपाध्यक्षमा नेकपा एसलाई दिने सहमती भएको छ । त्यस्तै वडा १,२ र ४ मा माओवादी केन्द्रलाई वडा अध्यक्ष, ३,५ र ६ मा नेपाली कागे्रसले वडा अध्यक्षको उम्मेदवार बनाउन पाने छ । ढोरपाटन नगरपालिकामा माओवादी केन्द्रलाई नगर प्रमुख, उप प्रमुख नेपाली काग्रेसलाई परेको छ । त्यस्तै वडा नम्बर १ र ६ वडा अध्यक्ष नेपाली काग्रेसलाई दिने सहमती भएको छ ।

    त्यस्तै वडा नम्बर २,३,४ र ७ राजमोलाई वडा अध्यक्षमा उठाउने सहमती भएको छ । वडा नम्बर ५ र ८ माओवादी केन्द्रलाई वडा अध्यक्ष वडा नम्बर ९ मा नेकपा एसलाई वडा अध्यक्षको उम्मेदवार उठाउने सहमती भएको छ । अब सबै उम्मेदवारको टुँगोसहित आज मनोनयन दर्ताका लागि सबै दल निर्वाचन कार्यालय बागलुङ जादै छन् ।


    बागलुङ पोस्ट

    सम्बन्धित समाचार