राजनीति

ढोरपाटनमा स्वतन्त्र उम्मेदवारी दिनेको लर्को, प्रमुखमा झण्डै एक दर्जन 

ढोरपाटनमा स्वतन्त्र उम्मेदवारी दिनेको लर्को, प्रमुखमा झण्डै एक दर्जन 

  • बैशाख १२, २०७९ सोमवार
  • २२:५०:२४ बजे
  • 7.3K
    SHARES
  • ढोरपाटनमा स्वतन्त्र उम्मेदवारी दिनेको लर्को, प्रमुखमा झण्डै एक दर्जन 

    बुर्तिबाङ : आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि आइतबारदेखि सुरु भएको मनोनयन दर्ता सोमबार सकिएको छ । बागलुङका १० वटै स्थानीय तहमा पनि विभिन्न दलका नेता तथा स्वतन्त्र रुपमा केही व्यक्तिहरुले मनोनयन दर्ता गराएका छन् । ढोरपाटन  नगरपालिकामा पनि विभिन्न दल तथा स्वतन्त्र उम्मेदवारले मनोनयन दर्ता गराएका छन् । पाँच दलीय गठबन्धनको तर्फदेखि

    नेकपा माओवादी केन्द्रका चन्द्रलाल अर्यालले उम्मेदवारी दर्ता गराएका छन् । नेकपा एमालेको तर्फदेखि देवकुमार नेपाली, मंगोल नेशनल अर्गनाइजेशनबाट गोवरधन घर्ती मगर, जनता समाजवादी पार्टीबाट गंगा बहादुर घर्ती मगर, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट निम बहादुर भण्डारी, स्वतन्त्रबाट नेपाली काँग्रेसका जिल्ला सदस्य शैलेस घर्ती मगर, टेक प्रसाद कामी, दल बहादुर भण्डारी र श्याम घर्तीले समेत स्वतन्त्रमा उम्मेदवारी दिएका छन् ।
    उपप्रमुख र वडा अध्यक्षमा गठबन्धमा जिल्ला नेतृत्वले टु्ङ्ग्याएको भन्दा बढि स्वतन्त्र उम्मेदवार  परेको छ ।

    नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रबाट अधिकांश वडामा स्वतन्त्र उमेदवारी परेको छ । पार्टीले स्थानीय स्तरमा छलफल नगरी जिल्ला तहबाट गोजीबाट टिकट बाँढेको भन्दै आक्रोसित आकांक्षीले उपप्रमुख, वडा अध्यक्ष र वडा सदस्यमा उम्मेदवारी दिएका छन । गठबन्धनबाट उपमेयरमा नेपाली काँग्रेसका धनबहादुर कायत, नेकपा एमाले र राजमो विद्रोह समुहको तर्फदेखि तारा कुमारी पुन,

    नेशनल मंगोल अर्गनाइजेशनको तर्फदेखि पार्वती पुन मगर, स्वतन्त्र उम्मेदवार दिलमाया पौवी, भिम कुमारी क्षेत्रीले उम्मेदवार दिएका छन् । वडा अध्यक्ष र सदस्यमा समेत पार्टीले टिकट दिएका र टिकट नपाएर रुष्ट भएका कार्यक्रताले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् । 

    नेपाली काँग्रेसमा आवद्ध कार्यकर्ताले अधिकांश वडामा प्यानसहित स्वतन्त्र उम्मेदवारी दिएका छन् । नेकपा एमालेमा आवद्ध कार्यक्रताले समेत वडा अध्यक्ष र सदस्य पदमा स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् । 


    छबिलाल पाण्डे

    उहाँ बागलुङ पोस्ट डटकमका संवाददाता हुनुहुन्छ ।

    सम्बन्धित समाचार