राजनीति

एमाले गण्डकी प्रदेश सदस्य अर्याल दुई भाईनै माओवादीमा प्रवेश

एमाले गण्डकी प्रदेश सदस्य अर्याल दुई भाईनै माओवादीमा प्रवेश

  • बैशाख १४, २०७९ बुधवार
  • १९:५६:२६ बजे
  • 8.0K
    SHARES
  • एमाले गण्डकी प्रदेश सदस्य अर्याल दुई भाईनै माओवादीमा प्रवेश

    बागलुङ : नेकपा एमाले गण्डकी प्रदेश सचिवालय सदस्य तुलसीराम अर्याल र प्रदेश सदस्य ददिराम अर्याल नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन् । बुधबार बागलुङको बुर्तिबाङमा आयोजित कार्यक्रममा उनीहरुले नेकपा एमाले परित्याग गरेको घोषणा गरेका हुन् । दश वर्षे जनयुुद्द र १९ दिने

    जनआन्दोलनका विरासत जोगाउन आफूहरु माओवादी केन्द्रमा नै फर्किएको बताएका छन् । २०७० सालमा तुलसीराम अर्याल नेकपा माओवादी केन्द्रको तर्फबाट प्रतिनिधि सभाको उम्मेदवार बनेका थिए । संघीय लोकतान्त्रिक गणतन्त्र र संघीयता माओवादीले लडेर ल्याएको बताउँदै त्यसको बचाउका लागि पुरानै घरमा फर्किएको ददिराम अर्यालले बताए ।

    ‘माओवादीले ल्याएको परिर्वतन प्रतिक्रियाबादीले उल्टाउन खोजेका छन्’ अर्यालले भने, ‘ युद्दको विरासत जोगाउन हामी माओवादीमै फर्किका हौं ।’ पाँच दलिय गठबन्धनका तर्फबाट नेकपा माओवादी केन्द्रका चन्द्र अर्याल ढोरपाटन नगरपालिकाको मेयर पदको उम्मेदवार भएको छन् ।


    बागलुङ पोस्ट

    सम्बन्धित समाचार