ढोरपाटनमा पाँच दलीय गठबन्धनको चुनावी अभियान सुरु 

ढोरपाटनमा पाँच दलीय गठबन्धनको चुनावी अभियान सुरु 

  • बैशाख १४, २०७९ बुधवार
  • २०:४७:५३ बजे
  • 4.9K
    SHARES
  • ढोरपाटनमा पाँच दलीय गठबन्धनको चुनावी अभियान सुरु 

    बुर्तिबाङ : ढोरपाटन नगरपालिकामा पाँच दलीय गठबन्धनको स्थानीय तहमा उम्मेदवार दर्ता गराएका  उमेदवारको प्रशिक्षण तथा परिचयात्मक कार्यक्रम सम्पन्न भएको छ । स्थानीय तहको निर्वाचनलाई गठबन्धनको तर्फदेखि जीत सुनिश्चत गर्नका उम्मेदवार बीच परिचयसंगै निर्वाचनमा कसरी होमिने भन्ने सन्दर्भमा प्रशिक्षण दिइएको हो । कार्यक्रममा गठबन्धनको जित सुनिश्चित गराउनका लागि

    भन्दै नेकपा एमालेका गण्डकी प्रदेश कमिटि सदस्य तुल्सीराम अर्याल र ददिराम शर्मा समेत गठबन्धमा सहभागि भएका छन् । उनीहरुले बोल्दै ढोरपाटनलाई समृद्धि र विकास गर्नका लागि आफुले जिताएको मेयर असक्षम भएको भन्दै पाँच दलीय गठबन्धनले उठाएका उम्मेदवारले ढोरपाटनको मुहार फेर्नु पर्ने बताए । नेता तुल्सीराम अर्यालले बोल्दै गठबन्धनका माग सुरुवाती चरणदेखि जायज रहेको भन्दै जनताले निर्वाचित गराएको जनप्रतिनिधि शासक बन्दा जनताले नै लत्याउनु पर्ने बताए । निर्वाचनको सम्मुखमा आर्थिक प्रलोभन तथा पार्टीको सिद्धान्त र पाँच दलीय गठबन्धनको आवश्यकतालाई न बिर्सन आग्रह गरे ।

    नेता ददिराम अर्यालले आर्थिक प्रलोभनमा नपरि स्वच्छ तरिकाले गठबन्धका उमेदवारलाई विजयी गराई समृद्ध ढोरपाटन निर्माणमा लाग्नुपर्ने बताए । कार्यक्रममा नेपाली काँग्रेस गण्डकी प्रदेश सदस्य अर्जुन शेरचनले जनताको अधिकार स्थापित गर्नका गठबन्धन भएको भन्दै जसरी पनि गठबन्धनका उम्मेदवारलाई निर्वाचित गराउने गरी होमिन आग्रह गरे ।पाँच वर्षसम्म जनताको मन जित्ने गरी गठबन्धन कायम रहने भन्दै गठबन्धनका स्वतन्त्र उम्मेदवारी दिएका सबैलाई फिर्ता लिन आग्रह गरे ।

    गठबन्धन गर्दै गर्दा पार्टीमा योगदान पु¥याएका नेता कार्यक्रता जनप्रतिनिधि बन्ने अवसरबाट वञ्चित भएको बताउँदै यो निर्वाचनमा खराब प्रवृत्तिको अन्त्यका लागि गठबन्धन गर्नु परेको बताए । राष्ट्रिय जनमोर्चाका केन्द्रीय सदस्य गौरीश्वर पाण्डे, जनता समाजवादी पार्टीका नगर अध्यक्ष गंगा बहादुर घर्ती, एकिकृत समाजवादी पार्टी गण्डकी प्रदेश सदस्य कमल घिमिरे, माओवादी केन्द्रका निल बहादुर पुनले प्रशिक्षण मुलक मन्तव्य राखेका थिए । 

    ढोरपाटन नगरपालिकामा मेयर पदका उम्मेदवार चन्द्रलाल अर्यालले समृद्ध ढोरपाटन निर्माण र जनताको हक अधिकार स्थापित गर्न गठबन्धन भएको बताउँदै चुनावमा जनताको शासक बनेर बसेका तत्वलाई पराजित गर्दै पाँच वर्षमा समृद्ध ढोरपाटन बनाउने महान अभियानमा सबैले एक रुपता दिएर अगाडी बढुन आग्रह गरे ।
    उपमेयरका उम्मेदवार धनबहादुर कायत, वडा अध्यक्ष तथा वडा सदस्यका उम्मेदवारले परिचयसहित आफु र आफनो गठबनधनको टिमलाई जिताउन सक्रिय भूमिका खेल्ने प्रतिबद्धता जनाएका छन् । 

    कार्यक्रम नेपाली काँग्रेस ढोरपाटन नगर उपसभापती कृष्ण के.सीको अध्यक्षता, अर्जुन शेरचनको प्रमुख आतिथ्यता, गठबन्धनमा आबद्ध ५ वटै दलका नेताहरुको आतिथ्यता राजमो ढोरपाटन नगर अध्यक्ष दिपक थापाको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको हो । 


    छबिलाल पाण्डे

    उहाँ बागलुङ पोस्ट डटकमका संवाददाता हुनुहुन्छ ।

    सम्बन्धित समाचार