दयाराम थापा, बुर्तिबाङ : पाँच दलीय गठबन्धनले ढोरपाटन नगरपालिकाको प्रत्येक वडामा निर्वाचन सम्पर्क कार्यालय उद्घाटन गरेको छ । ढोरपाटन नगरपालिकाको बुर्तिबाङ बजारसहित सबै वडामा सम्पर्क कार्यालय स्थापना गरेर चुनावी अभियानलाई थप शसक्त बनाइएको छ ।
अभियानसंगै निर्वाचन मतदाता शिक्षा कार्यक्रम, घरदैलो कार्यक्रम लगाएतका गतिविधि अगाडी बढाउने र विभिन्न निर्वाचन परिचालन, आर्थिक व्यवस्थापन लगाएयका समितिको गठन गरिएको छ । ढोरपाटन नगरपालिका ६ मा प्रेम भण्डारीको अध्यक्षतामा १९ सदस्य निर्वाचन परिचालन समितिको गठन गरिएको छ । देवेन्द्र घर्ती मगरको संयोजगत्वमा २०१ सदस्य चुनावी प्रचारप्रसार समिति, मदन भण्डारीको संयोजगत्वमा आर्थिक समिति गठन गरिएको छ । तेजेन्द्र थापाको संयोजगत्वमा ११ सदस्य स्वयम सेवक समिति गठन गरिएको छ ।
दिपक बुढा मगरको संयोजगत्वमा ७ सदस्य उच्चस्तरीय राजनैतिक सम्यन्त्र गठन गरिएको छ ।समितीको उपसम्योजकमा तेजेन्द्र थापा, रन बहादुर वि.क., तम बहादुर छन्त्याल, रुप प्रसाद भण्डारी, प्रेम भण्डारी, दिलिप बुढा रहेका छन् । कार्यक्रममा उम्मेदवार परिचयात्मक कार्यक्रम समेत भएको थियो । कार्यक्रम मदन भण्डारीको सञ्चालमा सम्पन्न भएको हो ।