आफ्नै छोरीलाई बलात्कार गरेको आरोपमा बुबा पक्राउ

आफ्नै छोरीलाई बलात्कार गरेको आरोपमा बुबा पक्राउ

  • बैशाख १८, २०७९ आइतवार
  • ०७:३२:२५ बजे
  • 2.5K
    SHARES
  • आफ्नै छोरीलाई बलात्कार गरेको आरोपमा बुबा पक्राउ
    प्रतिकात्मक तस्बिर

    खोटाङ : खोटाङमा आफ्नै छोरीलाई जबरजस्ती करणी गरेको आरोपमा बुबा पक्राउ परेका छन्। ऐसेलुखर्क गाउँपालिका–५ महेश्वरीका ५१ वर्षीय पुरुषले आफ्नै १२ वर्षकी छोरीलाई जबरजस्ती करणी गरेको आराेपमा पक्राउ गरिएकाे जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ।

    छोरीको घाँटी समाई डर–त्रास देखाएर जबरजस्ती करणी गरेको भन्ने सूचनाका आधारमा इलाका प्रहरी कार्यालय ऐसेलुखर्कबाट खटिएको प्रहरी टोलीले उनलाई शुक्रबार पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय खोटाङका सूचना अधिकारी प्रहरी निरीक्षक शंकर प्रसाद चौधरीले जानकारी दिए।

    पक्राउ परेका पुरुषको नाम प्रहरीले गोप्य राखेको छ। पक्राउ परेका उनीमाथि हाडनाता जबरजस्ती करणी कसुरमा म्याद थप गरी प्रहरी हिरासतमा राखेर अनुसन्धान भइरहेको चौधरीले बताए।

  • सम्बन्धित विषय:

  • # छोरीलाई बलात्कार

  • बागलुङ पोस्ट

    सम्बन्धित समाचार