बसन्त र राजु मत माग्दै जनताको घर घरमा

बसन्त र राजु मत माग्दै जनताको घर घरमा

  • बैशाख २१, २०७९ बुधवार
  • ०८:२०:४३ बजे
  • 2.9K
    SHARES
  • बसन्त र राजु मत माग्दै जनताको घर घरमा

    बागलुङ : आगामी बैशाख ३० गते हुने स्थानिय तहको निर्वाचनका लागि उम्मेदवारहरु यतिबेला जनताको घरदैलोमा भोट माग्न व्यस्त रहेका छन । विगतका निर्वाचनमा भन्दा यस पटक उम्मेदवारहरुले भोटमाग्ने शैली पनि परिवर्तन गरेका छन ।

    विगतमा कुनै निश्चित ठाउँमा पुगेर चुनावी सभा गरेर फर्कने उम्मेदवारहरु यतिबेला घरदैलोमै पुगेर मतदातालाई भेट्ने गरेका छन ।  पाँच दलिय गठबन्धनका बागलुङ नगरपालिकाका नगरप्रमुखका उम्मेदवार बसन्त कुमार श्रेष्ठ र उपप्रमुखका उम्मेदवार राजु खड्काले मंगलबार बागलुङ नगरपालिका ४ को उपल्लाचौर पाखा थर ओढारचौरमा जताको घर–घरमै पुगेर मतदातालाई भेटे । उनिहरुले जनताको समस्यालाई टिपोट गर्दै आफुहरुले निर्वाचन जितेपश्चात पुरा गर्ने बाँचा समेत गरेका छन ।

    उम्मेदवार घरघरमा पुग्दा अधिकाशं मतदाताले विगतको पाँच वर्ष बागलुङ नगरपालिका भित्र जनताले चाहे अनुसारको विकास हुन नसकेको गुनासो पोखेका थिए । उनिहरुले जनप्रतिनिधिले मतदाताको मतको कदर समेत गर्न नसकेको बताएका थिए । 
    घरदैलो कार्यक्रममा नेपाली काँग्रेस लगायत संयुक्त गठबन्धनका नगरप्रमुखका उम्मेदवार बसन्त कुमार श्रेष्ठले आफुहरुले निर्वाचन जिते पश्चात जनताको माझै आएर नगरपालिकाका योजना तर्जुमा गर्ने बताए ।

    उनले बालक देखी बृद्ध सम्मका लागि लोकप्रिय कार्यक्रम ल्याएर बागलुङ नगरपालिकालाई नमुना नगरपालिकाको रुपमा विकास गर्ने लक्ष्य रहेको बताए । श्रेष्ठले हरेक जनताको सहभागितामा समुन्नत बागलुङ नगरपालिकाको सम्भव रहेका कारण सवैको साथ र सहयोगको खाँचो रहेको बताए । बागलुङ नगरमा सुसासन कायम गर्न अबको नेतृत्व गठबन्धनका दलका उम्मेदवारलाई दिनुपर्ने बताए ।

    मतदातालाई भेट्दै नगरउपप्रमुखका उम्मेदवार राजु खड्काले हरेक जनताको सुख दुःखमा सधै साथमा रहने बाचाका साथ आफुहरु निर्वाचनमा होमिएको बताए । उनले कृषिमा आत्मनिर्भर गराउने आफुहरुको पहिलो अठोट रहेको बताए । यस क्षेत्रमा उत्पादन हुने बस्तुलाई बाह्र निर्यात गरेर आय आर्जन सँग जोड्नका निम्ती नगरपालिकाको तर्फबाट पहल थालिने उनको भनाई थियो । खड्का नेकपा माओबादी केन्द्रबाट नगरउपप्रमुखको उम्मेदवार हुन । दुवै जनाले वडा अध्यक्ष र वडा सदस्यका उम्मेदवार सहित घरदैलो गरेका थिए ।

    घरदैलो कार्यक्रममा वडा नं. ४ मा वडा अध्यक्षका उम्मेदवार कुमार विक्रम क्षेत्री  र सदस्यहरुले बागलुङ नगरपालिकाको विकासका निम्ती गठबन्धनमा आवद्ध दलहरुलाई जिताउन आवश्यक रहेको बताए । बागलुङ नगरपालिकामा पाँच दलीय गठबन्धन सँग नेकपा एमाले र राप्रपाको गठबन्धनको मुख्य प्रतिस्पर्धा हुने छ । नगरप्रमुखका लागि नेपाली काँग्रेसको तर्फबाट श्रेष्ठ र नेकपा एमालेको तर्फबाट जनकराज पौडेलको प्रतिस्पर्धा हुने  देखिएको छ ।

    अघिल्लो निर्वाचनमा पनि यिनै दुवै जनाको प्रतिस्पर्धा भएको थियो पौडेल निर्वाचित भएका थिए । पौडेलले एक कार्यकाल नगरप्रमुख भै काम गरि सकेका छन । 

  • सम्बन्धित विषय:

  • # बसन्त
  • # राजु
  • # घर घरमा

  • बागलुङ पोस्ट

    सम्बन्धित समाचार