लापरवाही

निर्वाचन कार्यालयको लापरवाही : वडा अध्यक्षनै मतदान केन्द्रको कर्मचारी

निर्वाचन कार्यालयको लापरवाही : वडा अध्यक्षनै मतदान केन्द्रको कर्मचारी

  • बैशाख २३, २०७९ शुक्रवार
  • २०:०४:२३ बजे
  • 6.7K
    SHARES
  • निर्वाचन कार्यालयको लापरवाही : वडा अध्यक्षनै मतदान केन्द्रको कर्मचारी

    बागलुङ : जिल्ला निर्वाचन कार्यालय बागलुङले उम्मेदवारलाई नै मतदान केन्द्रमा कर्मचारीका रुपमा खटाएको छ । बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि बागलुङ नगरपालिकाको दुई स्थानमा वडा अध्यक्ष पदका उम्मेदवारलाई कर्मचारीको रुपमा खटाएको हो ।

    बागलुङ नगरपालिका वडा नम्बर ६ का वडा अध्यक्ष पदका उम्मेदवार रुद्रबहादुर केसी र वडा नम्बर ११ का वडा अध्यक्ष पदका उम्मेदवार चिरञ्जीवी केसीलाई कर्मचारीका रुपमा खटाएको छ । कर्मचारीका रुपमा खटिएका दुवै जना नेकपा एमालेका तर्फबाट उम्मेदवार रहेका छन् । वडा नम्बर ६ का अध्यक्षका उम्मेदवार रुद्रबहादुर केसीलाई वडा नम्बर ४ स्थित परिवार नियोजन संघ उपल्लाचौरको मतदान केन्द्र क र वडा नम्बर ११ का वडा अध्यक्षका उम्मेदवार चिरञ्जीवी केसीलाई वडा नम्बर ३ स्थित सरस्वती आधारभूत

    विद्यालयको मतदान केन्द्र ख मा खटाएको छ । वडा नम्बर ११ को अध्यक्षका उम्मेदवार केसीले बागलुङ नगरपालिकाको एक वडा एक प्राबिधिक कार्यक्रम अन्तरगत सोही वडामा पुश शाखा कार्यालयमा काम गर्दै आएका थिए । उनले ९ बैशाखमा राजीनामा दिएर उम्मेदवारी दिएको बताए ।

    केसीले निर्वाचनका लागि नगरपालिकाले नाम लिस्ट तयार पारेको र त्यसपछि मात्रै आफूले राजीनामा दिएको हुँदा गल्ती हुन पुगेको हुन सक्ने बताए । ‘नगरपालिकाले निर्वाचनका लागि भनेर नाम लिस्ट तयार पारेको थियो, पछि मैले राजीनामा दिएर उम्मेदवार भएँ,’ केसीले भने नगरपालिकाले मैले राजीनामा दिएपछि मेरो नाम हटाउन छुटाउँदा गल्ती भएको हुन सक्छ ।’ वडा नम्बर ६ का उम्मेदवार रुद्रबहादुर केसीले

    बागलुङ नगरपालिका वडा नम्बर ६ को कार्यालयमा काम गर्दै आएका थिए । उनले ११ बैशाखमा राजीनामा दिएर १२ गते उम्मेदवारी दर्ता गराएको बताए । केसीले नगरपालिकाले ७ बैशाखमा कर्माचारीको रेकर्ड निर्वाचन कार्यालयमा पठाएको र त्यसको चार दिनपछि आफूले राजीनामा दिएर उम्मेदवारी दर्ता गराएको बताए ।निर्वाचन कार्यालयले यसरी कर्मचारी खटाउनुभन्दा पहिले उनीहरुको विषयमा जानकारी लिन जरुरी थियो ।

    तर त्यस तर्फ ध्यान नदिदाँ उम्मेदवारनै कर्मचारीका रुपमा खटाएको छ । जिल्ला निर्वाचन कार्यालयसूचना अधिकारी गोकुल शर्माले उनीहरुले राजीनामा दिनु पूर्व कर्मचारी लिस्ट आएको र सोही अनुसार मतदान केन्द्रमा खटाएको बताए । शर्माले तत्काल उनीहरुको नाम हटाएर अन्य कर्मचारी सोही मतदान केन्द्रमा खटाउने बताए ।

    ‘उहाँहरुले राजीनामा नदिँदै नाम लिस्ट यहाँ आएको थियो, उहाँहरुले पछि राजीनामा दिएर उम्मेदवार बन्नु भएछ,’ उनले भने ‘उहाँहरुको नाम तत्काल हटाएर ति मतदान केन्द्रमा अन्य कर्मचारी खटाउँछौँ ।’


    बागलुङ पोस्ट

    सम्बन्धित समाचार