राजनीति

बाँकी योजना पूरा गरि, समृद्ध तमानखोला निर्माणका लागि मेरो उम्मेदवारी–बुढा मगर

बाँकी योजना पूरा गरि, समृद्ध तमानखोला निर्माणका लागि मेरो उम्मेदवारी–बुढा मगर

  • बैशाख २४, २०७९ शनिवार
  • ०९:०५:५३ बजे
  • 3.8K
    SHARES
  • बाँकी योजना पूरा गरि, समृद्ध तमानखोला निर्माणका लागि मेरो उम्मेदवारी–बुढा मगर

    बुर्तिबाङ : तमानखोला गाउँपालिकामा नेपाली काँग्रेसको तर्फदेखि पालिका अध्यक्ष पदका उम्मेदवार जोकलाल बुढाले तमानखोला गाउँपालिकाको दीर्घकालीन समृद्धिका लागि पुनः चुनावमा होमिएको बताए । तमानखोलामा पहिलो कार्यालयमा विकासको जग बसालेको र केही योजनाहरु पूरा गर्न बाँकी रहेको हुँदा फेरि एक पटक नेतृत् वगर्न चाहेको बुढा मगरको भनाई छ ।पाँच वर्ष पहिले तमानखोला निकै विकट थियो ।  भौगोलिक रुपले पिछडीको तमानखोलामा विकासका पूर्वाधारहरुले जोड्न सकेको थिएन ।

    तर पछिल्लो पाँच वर्षको अवधीमा तमानखोलाको मुहारै फेरिएको छ ।  स्थानीय निर्वाचन २०७४ मा आफू निर्वाचित भएर आएपछि दीर्घकालीन योजनासहित विकास खाका तयार गरेर काम सुरु भएको उनको भनाई छ । बुढाले गाउँका सबै बस्तिमा कच्चि सडक पुगेको र त्यसको स्तरोन्नती र थप विकासका लागि आफू प्रतिबद्ध रहेको बताए । उनले केही विकासका कामको सुरुवात भएको भन्दै अब पाँच वर्षमा तमानखोलामा धेरै परिवर्तन गर्ने उनको भनाई छ । ‘दुर्गम मानिने खुङ्खानी नर्जाखानी पुग्न बुर्तिबाङदेखि दिनभर लाग्दथ्यो स्थानीय तहपछि अहिले मोटर गाउँगाउँमै पुगेसंगै नागरिकलाई धेरै सहजता भएको छ, हालसम्म पालिकाको सबै बस्तिसम्म कच्ीच सडक पुगे पनि बाह्रै महिना सिधा सडक सञ्चानलन गर्नुपर्ने छ,’ उनले भने

     ‘मोटरेवल पुलको समस्या छ, त्यसको व्यवस्थापन गर्नुछ कच्ची सडकलाई क्रमिक रुपमा पक्की बनाउन र शिक्षा, स्वाथ्इ लगायतका क्षेत्रमा परिवर्तनका लागि म फेरि उम्मेदवार भएको छु ।’ शिक्षामा पालिकाको पहिचान दिने गरी आफनै पाठ्यक्रम सुरु गरेको भन्दै चाँडै प्रावि तहका सबै कक्षामा पठनपाठन हुने गरी तयारी भएको उनको भनाई छ । पाँच वर्ष पहिले सामुदायिक विद्यालयको शैक्षिक र भौतिक अवस्था दयनिय रहेको भन्दै अहिले निकै परिवर्तन भएको उनको भनाई छ । ‘समुदायको आर्थिक सहयोग र जोड बलमा चल्दै आएका विद्यालयहरुमा अहिले धेरै प्रगति भइसकेको जस्तो लाग्छ गर्नुपर्ने त धेरै छन् तर चुहिने छानो परिवर्तन भयो

    प्राय सबै विद्यालयको पक्कि भवन निर्माण भइसकेको छ’ उनले भने ‘अपुरा रहेका काम अबको पाँच वर्षमा गर्ने हो, शैक्षिक गुणस्तर पनि केहि परिवर्तन भइसकेको छ, प्रविधिमैत्री र गरिब, दलित, विपन्न वर्गले सहज रुपमा उच्च शिक्षा गाउँबाट लिन सक्ने गरी शैक्षिक गुणस्तरको विकास गर्नुपर्ने छ ।’ स्वास्थ्य क्षेत्रमा पनि पालिकाले प्राथमिकता दिएर काम गरेको भन्दै अहिले धेरै सुधार भएको बुढा मगरको भनाई छ । नागरिकको स्वास्थ्य उपचारका लागि प्रत्येक वडामा अहिले स्वास्थ्य इकाई सञ्चालन भइसकेको भन्दै यस्ता स्वास्थ्य संस्थाहरुको विकास गर्दै जाने योजना रहेको उनको भनाई छ ।

    ‘सामान्य उपचारका लागि टाढा टाढा पुग्नुपर्ने बाध्यता थियो, अहिले आफनै गाउँ बस्ति नजिक रहेको स्वास्थ्य संस्थाबाट निशुल्क रुपमा नागरिकले सेवा प्राप्त गर्दै  आइरहेका छन्,’ उनले भने ‘औषधी व्यवस्थापन, स्वास्थ्य संस्थाहरुको भौतिक संरचना निर्माण र अन्य विकासका लागि धेरै काम गर्नु पर्ने छ, त्यो सपना मैले देखेको छु त्यो पूरा गर्नका लागि पनि मेरो उम्मेदवारी हो ।’ अहिले तमानखोला कृषि र पशुपालन क्षेत्रमा अब्बल बन्दै गएको भन्दै कृषकलाई आवश्यक तालिक, अनुदान, उन्नत जातका बिउभिजन सहयोग गरि कृषिमा आषर्कण गर्नका लागि काम गरेको भन्दै अझै थप कामहरु गर्न बाँकी हरेको बुढा मगरले बताए ।

    ‘यहाँ बढि मात्रामा तरकारी, फलफुल आलु स्याउ लगाएतको उत्पादन राम्रो छ, गाउँमा गाई भैँसी, भेडाबाख्रा पालनका लागि उत्तिकै सम्भावना छ’ उनले भने ‘हालसम्म पालिकाले व्यवसायीकरण र उत्पादन बजरीकरणमा परिणाम ल्याउन सकेको छैन यहाँका युवाहरु कुर्षि पशुपालनलाई व्यवसाहिक गर्न चाहानुभएको छ, त्यसलाई केहि योजना बनाएर प्राथमिकता दिने योजना छ ।’ जनताका आधारभुत आवश्यकता र समस्या धेरै भएको भन्दै उनीहरुसँग सहकार्य गरेर केहि नयाँपन दिने खालको कार्यक्रम अगाडी सारेको उनले बताए ।

    यस पटक विगतका कार्यक्रम संगै केहि नयाँ कार्यक्रम गर्ने योजना बनाएको र गाउँपालिका भित्रका असाहाय, गरिब, विपन्न, जेष्ठ नागरिक, बालबालिका, एकल महिला अपांगता भएका नागरिकलाई सहज हुने गरी साझा आश्रय  तमानखोलाको घर निर्माण गर्ने योजना रहेको उनले बताए । महिलाहरु घरको चुलो चौकोमा मात्र सीमित हुने परिपाटीलाई कम गर्दै स्वरोगार, उद्यमशीलता तथा सामाजिक कार्यमा थप जिम्मेवार बनाउने, युवालाई नेतृत्व विकाससंगै गाउँमै स्वरोज बनाउन साना तथा मझौता उद्योग निर्माण गरीने, तमानखोलामा उत्पादीत कृषिउपलाई बजारीकरणका लागि तमानखोला साझा बजार व्यवस्थापन गर्ने लगायतका

    योजनाहरुलाई सार्थकता दिन आफू लाग्न्े बताए । उनले तमानखोलामा धेरै धार्मिक तथा पर्यटकी ठाउँहरु रहेको भन्दै तिनीहरुको विकासका लागि पहिलो कार्य कालमा केही कामको थालनी गरेको बताए । त्यसलाई पूरा गर्न र आन्तरिक तथा बाह्य पर्यटकको आकर्षणको कन्द्रका रुपमा विकास गर्न पनि आफू लाग्ने उनको भनाई छ । बागलुङ पोस्टकर्मी छविलाल पाण्डेसँग गरेको कुराकानीको आधारमा ।


    छबिलाल पाण्डे

    उहाँ बागलुङ पोस्ट डटकमका संवाददाता हुनुहुन्छ ।

    सम्बन्धित समाचार