ढोरपाटनमा वडा अध्यक्षका दुई स्वतन्त्र उम्मेदवारसहितको प्यानलले गठबन्धनलाई सहयोग गर्ने 

ढोरपाटनमा वडा अध्यक्षका दुई स्वतन्त्र उम्मेदवारसहितको प्यानलले गठबन्धनलाई सहयोग गर्ने 

  • बैशाख २९, २०७९ बिहिवार
  • २१:३७:४८ बजे
  • 4.8K
    SHARES
  • ढोरपाटनमा वडा अध्यक्षका दुई स्वतन्त्र उम्मेदवारसहितको प्यानलले गठबन्धनलाई सहयोग गर्ने 

    बुर्तिबाङ : ढोरपाटन नगरपालिकामा स्वतन्त्र उम्मेदवारी दिएका दुई जना वडा अध्यक्षले गठबन्धनलाई सघाउने भएका छन् । ढोरपाटन नगरपालिका नगरपालिका वडा नम्बर ६ बाट स्वतन्त्र उम्मेदवारी दिएका नेपाली काँग्रेस ढोरपाटन नगरपालिका ६ का सभापती शेर बहादुर बुढाले र

    वडा नम्बर ७ बाट उम्मेदवारी दिएका कांग्रेस नेता ताराबहादुर बुढाले गठबनधनका उम्मेदवारलाई सघाउने भएका छन् । गठबन्धनलाई जिताउनका निम्ती आफुले सहयोग गर्ने प्रतिबद्धतासहित आफनो उम्मेदवारी रहेको चिन्हमा मतदान नगर्न मतदातालाई विज्ञप्ती मार्फत अपिल गरेका छन् ।

    दुवै वडा अध्यक्षको उम्मेदवारसहित वडा सदस्य सहित प्यानलले नै आफ्नो चिन्हमा मतदान नगर्न अनुरोध गर्दै गठवन्धनलाई सहयोग गर्ने सहमती भएको नेपाली काँग्रेस जिल्ला सभापती जित शेरचनले बताए । 

     


    छबिलाल पाण्डे

    उहाँ बागलुङ पोस्ट डटकमका संवाददाता हुनुहुन्छ ।

    सम्बन्धित समाचार