बागलुङ : बागलुङ नगरपालिका—१ मा नेपाली काँग्रेसका जयबहादुर केसी विजयी भएका छन् । पाँच दलीय गठबन्धनका तर्फबाट उम्मेदवार भएका उनले एमाले उम्मेदवार दुर्गे सार्कीलाई ८ मत अन्तरले पछि पार्दै विजयी भएका हुन् ।
केसीले ४७४ मत प्राप्त गर्दा सार्कीले ४६६ मत लयएका छन् । वडा सदस्यहरुमा भने सबै एमालेका उम्मेदवार विजयी भएका छन् । महिला सदस्यमा शान्तिदेवी शर्मा, दलित महिला सदस्यमा टीकादेवी सार्की, खुला सदस्यहरुमा सोमबहादुर बोहोरा र कृष्णबहादुर कार्की विजयी भएका छन् ।
बागलुङ नगरप्रमुख र उपप्रमुखमा गठबन्धनका बसन्तकुमार श्रेष्ठ र राजु खड्काले अग्रता लिएका छन् ।