बुर्तिबाङ : निसीखोला गाउँपालिकामा पाँच दलीय गठबन्धले सुरुवाती देखिनै अग्रता लिएको छ । गाउँपालिका अध्यक्ष पदमा गठबन्धनको तर्फदेखि कांग्रेसका सुर्य बहादुर घर्ती र उपाध्यक्षमा प्रेम बहादुर घर्तीले निरन्तर भारी मतले अग्रता लिँदैे आएका छन् ।अध्यक्षमा कांग्रेसका घर्तीले ३५५६ मत प्राप्त गर्दा
नेकपा एमालेका भुमिराज घर्तीको १५५५ मत ल्याएका छन् । हालसम्म दोब्बर बढि मतान्तरले सुर्यबहादुर घर्ती अगाडी छन् । प्रमुखमा राप्रपाको १६० मत प्राप्त हुँदा स्वतन्त्र पुतली चिन्हको २३५ मत प्राप्त भएको छ । उपाध्यक्षमा गठबन्धका प्रेम घर्तीको ३२१५ मत प्राप्त हुँदा एमालेका भोटु चन्दको १८१५ मत प्राप्त भएको छ । राप्रपाको १२९ मत प्राप्त भएको हो । हालसम्म वडा नम्बर १ मा नेपाली कांग्रेसका चन्द्र सिंह रामजाली,
वडा नम्बर २ मा माओवादी केन्द्रका कुविर विक, वडा नम्बर ३ मा जनमोर्चाका रमेश विकm शाही र वडा नम्बर ४ मा कांग्रेसका टिकानिधि पौडेलले जित हाँसिल गरि सकेका छन् । अहिले वडा नम्बर ५ र ६ को मत गणना हुँद्यै छ । निसीखोला गाउँपालिकामा ७ वटा वडा रहेका छन् ।