निर्वाचन अपडेट

ढोरपाटन नगरपालिकामा प्रमुख एमाले र उपप्रमुखमा कांग्रेस विजयी

ढोरपाटन नगरपालिकामा प्रमुख एमाले र उपप्रमुखमा कांग्रेस विजयी

  • जेठ ३, २०७९ मंगलवार
  • ०८:५६:४८ बजे
  • 5.1K
    SHARES
  • ढोरपाटन नगरपालिकामा प्रमुख एमाले र उपप्रमुखमा कांग्रेस विजयी

    बागलुङ : बागलुङको ढोरपाटन नगरपालिकाको मेयरमा देवकुमार नेपाली विजयी भएका छन् । उनी निवर्तमान मेयर समेत हुन् । उनले निटकतम प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्र चन्द्र अर्याललाई ६०० मतान्तरले पराजितगरेका छन् । नेपालीले ५७३५ मत प्राप्त गर्दा अर्यालले ५१३५ मत पाएका छन् ।

    उपमेयरमा कांग्रेसका धनबहादुर कायत (कल्याण) विजयी भएका छन् । कायतले एमालेकी ताराकुमारी पुनलाई ७६६ मतान्तरले पराजित गरेका छन् । कायतले ५६५० मत प्राप्त गर्दा पुनले ४८८४ मत पाएकी छिन् । वडा नम्बर १ मा नेपाली कांग्रेसका बानबहादुर छन्त्याल, वडा नम्बर २ मा जनमोर्चाका भेकबहादुर खत्री, वडा नम्बर ३ मा एमालेका खिमबहादुर सुनार, वडा नम्बर ४ मा जनमोर्चाका विद्रोह समूहका तिलक पुन,

    वडा नम्बर ५ मा एमालेका दिपेन्द्र पुन मगर, वडा नम्बर ६ मा एमालेका उमेश बुढा मगर, वडा नम्बर ७ मा जनमोर्चाका धनबहादुर अदै वडा नम्बर ८ मा माओवादी केन्द्रका भद्रमणि सुनार र वडा नम्बर ९ मा एमालेका खिमबहादुर घर्ती मगर विजयी भएका छन् ।


    बागलुङ पोस्ट

    सम्बन्धित समाचार