प्राकृतिक विपद्

ढोरपाटनमा चट्याङले लागेर १ को मृत्यु ३ घाइते 

ढोरपाटनमा चट्याङले लागेर १ को मृत्यु ३ घाइते 

  • जेठ ८, २०७९ आइतवार
  • १८:३०:३१ बजे
  • 6.7K
    SHARES
  • ढोरपाटनमा चट्याङले लागेर १ को मृत्यु ३ घाइते 

    बुर्तिबाङ : बागलुङको ढोरपाटन नगरपालिका वडा नम्बर ७ गाल्ढुङमा चट्याङ लाग्दा एक जनाको छ भने अन्य तीन जना घाइते भएका छन् । आइतबार दिउँसो ३ बजे वर्षातसँगै घर नजिकै परेको चट्याङले लाग्दा ढोरपाटन नगरपालिका वडा नम्बर ७ का १९ वर्षीय बालचन्द्र सुनारको

    बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा उपचारका लागि ल्याउँदै गर्दा मृत्यु भएको हो । चट्याङ लाग्दा स्थानीय ७२ वर्षीय पुण्यराम विक, १६ वर्षीय विट्ट विक र १६ वर्षीया लक्ष्मी विक घाइते भएको इलाका प्रहरी कार्यालय बुर्तिबाङले जनाएको छ  ।  घाइते ३ जनालाई बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा सामान्य उपचारपछि थप उपचारका लागि पाल्पा रेफर गरेको छ ।

    अविरल वर्षा भइरहेको अवस्थामा घरदेखि करिब ५० मिटर माथिल्लो क्षेत्रमा परेको चट्याङले स्थानीय कालीप्रसाद विक, पुण्यराम वि,. जेम बहादुर विकको घरमा क्षती पु¥याएको स्थानिय आश बहादुर कामीले बताए । 


    छबिलाल पाण्डे

    उहाँ बागलुङ पोस्ट डटकमका संवाददाता हुनुहुन्छ ।

    सम्बन्धित समाचार