नेपाली व्यवसायी संघ बेल्जियमको आयोजनामा यही जेठ १४ गते शनिबार (२८ मे) को दिन बेल्जियमको लुभेन शहरमा "नेपाली फुड फेस्टिभल" कार्यक्रम सम्पन्न भएको छ । लुभेन नगरपालिका मेयर मोहम्मद रुज्वानीले समूदघाटन गर्नु भएको कार्यक्रममा हजारौ बेल्जियम नागरिकहरु साथै नेपाली समुदायको बाक्लो उपस्थिती रहेको थियो। विशेष गरि नेपालको खानाको प्रचार प्रसार, कला संस्कृति प्रवर्द्धन गर्ने र नेपालको पर्यटन प्रवर्धन लगायत जनस्तरको सम्बन्ध बिस्तार गर्न सहयोग पुगोस भन्ने हेतुले नेपाली व्यवसायी संघ बेल्जियमको व्यवस्थापन र नेपाली दुतावास बेल्जियमको सहकार्यमा यस कार्यक्रम आयोजना गरिएको थियो।
नगर प्रमुख मोहम्मद रुज्वानीले नेपाल र नेपालीसंग लामो समन्ध रहेको बताउँदै भुकम्पको बेला लुभेन सिटीको तर्फबाट आफुले सग्दो सहयोग गरेको साथै बेल्जियमको वालोनी क्षेत्रमा बाडी आउदाको समयमा बेल्जियम बसोबास गर्ने नेपालीको तर्फबाट प्राप्त आर्थिक तथा भौतिक सहयोगको प्रसंशा गर्दै इमान्दार,मेहनती र सहयोगी भाबना बोकेको उदारणीय समुदायको रुपमा नेपालीलाई सम्मान व्यक्त गर्नु भएको थियो । कार्यक्रममा नेपाल सरकारका परराष्ट्र सचिव भरत राज पौडेल लगाएत बेनेलक्सका लागि नेपाली राजदुत गेहेन्द्रराज भण्डारीको निमन्त्रणामा दक्षिण एसिया लगायत अन्य बिभिन्न देशका राजदूतहरु, पररास्ट्र मन्त्रालय र युरोपियन युनियनका बिशिष्ट अधिकारीहरुले समेत सहभागिता जनाउनुका भएको थियो ।
नेपाली ब्यबसायी संघको आयोजना र नेपाली दुताबास बेल्जियमको सहकार्यमा गरिएको यो दोश्रो नेपाली फुड फेस्टिभल हो। पहिलो भन्दा अझै बृहत रुपमा आयोजना गरिएको कार्यक्रममा हामीले अपेक्क्षा गरेको भन्दा उल्खनिय बेल्जियम नागरिकहरुको सहभागिताले गर्दा अझ हामीलाई आगामी दिनमा नेपाल र नेपालीलाई स्थानीय स्तरमा चिनाउने कार्यक्रमहरु आयोजना गर्न थप हौसल्ला र प्रेरणा मिलेको आयोजक कमिटिका कोषाध्यक्ष कासी दनैले सुनाउनु भयो । करिब ६ महिना अघिबाट तयारी गरिएको फेस्टिबलमा अपेक्षा गरेअनुरुप बेल्जियमका स्थानीय बासिन्दाको उल्लेख्य सहभागिता भएकोले कार्यक्रम सफल भएकोमा संघका अध्यक्ष यामु निरौला निकै खुशी छन ।
फेस्टिबलमा हिमाल, पहाड, तराईमा प्रचलित र लोकप्रिय खानाका परिकारहरु , नेपाली संस्क्रिति झल्कने झाँकी, पञ्चेबाजा लगायतका लोक संगीत र लोकन्रित्य प्रस्तुत गरिएको थियो । कार्यक्रममा उपस्थित बेल्जियमका स्थानिय ब्यक्तीहरुलाई लक्की ड्र गरि ६ जोडीलाई नेपाली रेस्टुरेन्टमा लन्च वा डिनरको कुपन ३ जोडी लाई खाजा सहित होटेलमा १ नाइट बस्ने व्यवस्था र २ जनालाई नेपालसम्मको आवत जावतको हवाई टिकट बितरण गरिएको संघका महासचिव मदन दुवाडिले जानकारी दिनुभयो ।
कार्यक्रमको बारेमा स्थानीय टिभी र पत्रिकाले समेत यो समाचार बनायको थियो भने बेल्जियम नागरिकहरु खानाको स्वाद लिदै नेपाली पन्चे बाजाको धुनमा रमाउदै थिय ।बेनेलुक्सका लागि नेपाली राजदूत गेहेन्द्र राजभण्डारीले महोत्सवले नेपालको खाना, कला संस्कृति प्रवर्द्धन गर्ने र नेपालको पर्यटन प्रबर्धन गर्न सहयोग पुग्ने र जनस्तरको सम्बन्ध बिस्तार गर्न सहयोग पुगोस भन्ने हेतुले नेपाली दूतावासले कूटनैतिक माध्यम मार्फत पहल कदमी चालेको र खानको महोत्सबले युरोपमा नेपाल चिनाउने अभियानमा एउटा नयाँ खुट्किला थप्न सफल भएको सुनाउनु भयो । साथै यस कार्यक्रम सफल पार्न अनवरत खट्ने ब्यबसायी संघका सम्पर्ण कार्यसमितिका साथीहरुलाई धन्यबाद व्यक्त गर्नु भएको थियो ।
नेपाल र नेपालीको पहिचान चिनाउन साथै लामो समय देखि बाक्लो बसोबास रहको नेपाली समुदायको उपस्तिथी साथै आर्थिक सांस्कृति र सामाजिक क्षेत्रमा आफनो उत्कृस्ट पहिचान बनाउने उदेश्यले आयोजना गरिएको यस कार्यक्रमले बेल्जियममा नेपाली समुदायको गरिमालाई झनै बढाएको छ । नेपाली खाना, कला संस्कृती र रितिरिवाज प्रती बेल्जियम समुदायले देखाएको माया र सद्भावले साच्चै खुशी मिलेको यस नेपाली फेस्टीभल कार्यक्रमका संयोजक चिरन कुमार खवासले सुनाउनु भयो । साथै यस कार्यक्रम लाई सफल पार्न प्रत्यक्ष र अप्रतक्क्ष रुपमा सहयोगी गर्ने सम्पूर्ण महानुभाब लाई उहाले सम्झदै धन्यबाद व्यक्त गर्नु भएको थियो ।