बुर्तिबाङ : बागलुङको बडिगाड गाउँपालिकाले क्याम्पस सञ्चालन गर्ने भएको छ । आर्थिक वर्ष २०७९÷०८० को नीति तथा कार्यक्रमलाई सार्वजनिक गर्दै गाउँपालिका अध्यक्ष गण्डकी थापा अधिकारीले उच्च शिक्षालाई अगाडी बढाउन निकट भविष्यमा क्याम्पस स्थापना गर्ने बताइन् ।
क्याम्पस स्थापनाका लागि आवश्यक प्रक्रिया तत्काल अगाडी बढाउने भन्दै पाँच वर्ष भित्रमा क्याम्पसबाटै पठनपाठन सुरु हुने गरी गाउँपालिका अगाडी बढ्ने बताइन् । नीति तथा कार्यक्रममा लोकल मदिरालाई आवश्यक मापण्ड पुरा गरी उत्पादन र बजारीकरण गर्ने, गाउँमा उत्पादन हुने भाँगोलाई व्यवसाहिकरण गरीने उल्लेख छ । उत्पादनसँग जोड्नका निम्ति आधुनिक र व्यवसायिक कृषिलाई पालिकाले प्राथमिकता दिने नीति कार्यक्रममा छ ।
पालिकाका नयाँ नमुना विद्यालय स्थापना गरीने, एक घर एक धारालाई प्राथमिकता दिईने, गरिबी न्यूनिकरणका लागि उत्पादन र स्वरोजगार कार्यक्रमलाई जोड दिने, गाउँपालिकाका सबै टोलमा निरन्तर सवारी सञ्चालन हुने गरी सडक व्यवस्थापन गर्ने नीति कार्यक्रममा उल्लेख छ । सडक मापडण्ड निर्माण गर्ने, खरका छाना मुक्त कार्यक्रमलाई जोड दिइने, सेवा प्रवाहमा सहजता ल्याउन नागरीक सहायता कक्ष रुथापना गर्ने र नागरिकका
आधारभुत आवश्यकतालाई जोड दिई सुचकको आधारमा समृद्ध बडिगाड गाउँपालिका निर्माणमा जुट्ने नीति तथा कार्यक्रममा जोड दिइएको छ । गाउँपालिका अध्यक्ष गण्डकी थापकिो अध्यक्षतामा सुरु भएको खुल्ला सत्रको कार्यक्रम उपाध्यक्ष भिमशेन वन, राजनीतिक दलका प्रतिनिधि लगाएतले बोलेका थिए ।