बुर्तिबाङ : निसीखोला गाउँपालिका कृषकलाई कृषि सामग्री वितरण गरिएको छ । गाउँपलिकाको वडा नम्बर ३ र ४ का १८३ कृषकलाई प्लास्टिक टनेल प्लास्टिक , विउविजन, विषाधी छर्ने स्प्रे मेशिन, थोपा सिँचाईका लागि ड्रम र पाइप वितरण गरिएको हो । कृषि ज्ञान केन्द्र बागलुङले दुई वडाका ४३ जना सुत्केरी तथा गर्भवती
आमाहरुका लागि र कृषि निर्देशनालय गण्डकी प्रदेशले स्थानिय १४० कृषकका लागि टनेल निर्माणका लागि सामग्री वितरण गरेको कृषक महासघ बागलुङका अध्यक्ष लिला बहादुर घर्तिले जानकारी दिए । निसीखोला गाउँपालिका निर्वतमान अध्यक्ष तारानाथ पौडेलले बोल्दै कृषिको विकास र कृषकलाई उत्पादनमुखि बनाउन राज्यले अनुदान तथा सहयोगका कार्यक्रम गरिरहेको भन्दै कृषहरु आत्मनिर्भर र व्यवसायिक बन्नु पर्ने बताए ।
प्रत्येक घरमा करेसाबारी भएमा आफुलाई पुग्ने गरी तरकारी उत्पादन गर्ने र बाँकी रहेको बजारमा विक्री गरी आम्दानी लिन सक्ने गरी कृषकहरु लाग्नु पर्नेमा जोड दिए । तल्लो थापागाउँ कृषक समुह, कालाखेत कृषि समुह, सेरसेत कृषक समुह, मिलिजुली कृषक समुह, जनजागरण कृषक समुह, बोहोरागाउँ कृषक समुहलाई टनेल र आवश्यक उपकरण उपलब्ध गराइएको हो । कार्यक्रममा निसीखोला गाउँपालिका
वडा अध्यक्ष ३ का अध्यक्ष रमेश विक्रम शाही, कार्यपालिका सदस्य गिता सापकोटा, वडा सदस्य एवम कृषक महासंघ बागलुङका अध्यक्ष लिला बहादुर घर्ती लगायतको सहभागिता रहेको थियो । कार्यक्रम वडा नम्बर ४ का अध्यक्ष टिकानिधी पौडेलको अध्यक्षता, इन्द्रलाल रेग्मीको सञ्चालनमा सम्पन्न भएको हो ।