बुर्तिबाङ मल्टिपर्पोज ट्रेनिङको आयोजनामा पाेखरामा एक दिने लेखन तथा क्षमता अभिबृद्धि तालिम

बुर्तिबाङ मल्टिपर्पोज ट्रेनिङको आयोजनामा पाेखरामा एक दिने लेखन तथा क्षमता अभिबृद्धि तालिम

  • आषाढ १८, २०७९ शनिवार
  • २०:५०:४४ बजे
  • 2.7K
    SHARES
  • बुर्तिबाङ मल्टिपर्पोज ट्रेनिङको आयोजनामा पाेखरामा एक दिने लेखन तथा क्षमता अभिबृद्धि तालिम

    पाेखरा : बुर्तिबाङ मल्टिपर्पोज ट्रेनिङ एण्ड रिसर्च सेन्टर बागलुङको आयोजना तथा कानुन संचार तथा प्रदेश सभा मामिला मन्त्रालय गण्डकी प्रदेशको सहयोगमा पत्रकारका लागि एक दिने लेखन तथा क्षमता अभिबृद्धि तालिम सम्पन्न भएको छ ।

    पोखराको एक सभाहलमा राखिएको सो कार्यक्रममा बोल्दै कानुन संचार तथा प्रदेश सभा मामिला मन्त्री विन्दुकुमार थापाले पत्रकारितामा लागेका तथा नव आगन्तुकका लागि लेखन तथा क्षमता बृद्धि तालिमले अवश्य पनि फाइदा पुग्ने बताए । आफुले तथ्यपरक पत्रकारितालाइ प्रोत्साहन गर्ने र गलत सुचना र समाचारबाट पत्रकारिता पेशा टाढा रहनुपर्ने बताउॅदै मन्त्री थापाले सत्यको पक्षमा सधै कलम चलाउन तालिममा सहभागीहरुलाइ शुभकामना दिए। 

    पत्रकार महासंघ कास्कीकी अध्यक्ष बिमला भण्डारीले सो तालिमलाइ प्रोत्साहन र सहयोग गरेको कानुन संचार तथा प्रदेश सभा मामिला मन्त्रालय प्रति आभार प्रकट गर्दै सम्पुर्ण सहभागीका लागी तालिम प्रभावकारी रहेको बताइन् । प्रशिक्षकका रुपमा समाचारको फ्याक्ट चेक माइसंसार डट कमका पत्रकार उमेश श्रेष्ठ, दिपक के श्रेष्ठ र बासुदेव मिश्र रहेका थिए भने कार्यक्रमको सहजीकरण उपेन्द्र पौडेलले गरेका थिए ।

    कार्यक्रमका सहभागीलाइ ल्यापटप झोला प्रदान गरिएको थियो । कार्यक्रम  बुर्तिबाङ मल्टिपर्पोज ट्रेनिंग एण्ड रिसर्च सेन्टर , बागलुङका संचालक राम सुवेदीको सभापतित्वमा सम्पन्न भएको थियो ।


    बागलुङ पोस्ट

    सम्बन्धित समाचार