हत्या

निसीखोलामा टाउको चुडिएको अवस्थामा फेला परेका विकको हत्या आफ्नै श्रीमतीले गरेको खुलासा

निसीखोलामा टाउको चुडिएको अवस्थामा फेला परेका विकको हत्या आफ्नै श्रीमतीले गरेको खुलासा

  • भाद्र ५, २०७९ आइतवार
  • १६:३८:३४ बजे
  • 9.3K
    SHARES
  • निसीखोलामा टाउको चुडिएको अवस्थामा फेला परेका विकको हत्या आफ्नै श्रीमतीले गरेको खुलासा

    बागलुङ : बागलुङको निसीखोला गाउँपालिकाका तुलबहादुर विकको उनकै श्रीमतीले गरेको खुलेको छ । 

    बुधबार निसीखोला गाउँपालिकाको झिवाखोला नजिकै टाउको नभएको अवस्थामा मृत भेटिएका निसीखोला गाउँपालिकावडा नम्बर ५ कामीडेराका २४ वर्षीय विकको हत्या उनकै श्रीमती २३ वर्षीया कुमारी कामीले गरेको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी उपरीक्षक दयानिधी ज्ञवालीले जानकारी दिए ।

    विकका श्रीमती कुमारी कामीले साउन २५ गते राती विकको धन र रिचपटले हानी हत्या गरि टाउको काटेर घर नजिकै निसीखोलामा शव फालेको स्वीकार गरेको प्रहरी उपरिक्षक ज्ञवालीले बताए । 

    पर स्त्रीसँगको अनैतिक सम्बन्ध र मादक पदार्थ सेवन गरि आफुलाई वर्षौँदेखि कुटपिट गर्दै आएका श्रीमानको व्यवहारबाट आजित भएर उनले घनले टाउकोमा हानी बेहोस बनाएर खुकुरीले टाउँको काटेर हत्या गरेको प्रहरीसँग कुमारीले बयान दिएकी छिन् । 

    २०६३ सालमा विवाह गरेका तुलबहादुर र कुमारीका २ वर्षीया छोरी छन् । घरदेखि ७ किलोमिटर तल झिवाखोलामा विकको मृत शरिर भेट्टिए पनि टाउँको हालसम्म फेला परेको छैन । 

    कुमारीसँगै प्रहरीले उनकी १८ वर्षीया बहिनी मनिषा विकलाई पनि नियन्त्रणमा लिएर सार्वजनिक गरेको छ । भिनाजुको हत्यामा दिदीलाई सहयोग गरेको हुन सक्ने आशंकामा बहिनीलाई नियन्त्रण लिएर अनुसन्धान गरिरहेको ज्ञवालीले बताए ।


    बागलुङ पोस्ट

    सम्बन्धित समाचार