कर्मचारी युनियनको स्थापना दिवसमा रक्तदान 

कर्मचारी युनियनको स्थापना दिवसमा रक्तदान 

  • भाद्र १९, २०७९ आइतवार
  • २०:१३:१८ बजे
  • 3.2K
    SHARES
  • कर्मचारी युनियनको स्थापना दिवसमा रक्तदान 

    बागलुङ : नेपाल निजामती कर्मचारी युनियन बागलुङले आफ्नो स्थापना दिवसको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । धौलागिरी अस्पतालमा रहेका रक्तसंचार सेन्टरमा युनियनमा आवद्ध १३ जना कर्मचारीले रक्तदान गरेका थिए । कार्यक्रममा बोल्दै नेपाली काँग्रेस बागलुङका जिल्ला सभापती जित शेरचनले हरेक तहको परिवर्तन गर्ने मुख्य जिम्मेवारी कर्मचारीमा रहेको बताए ।

    उनले सरकारले निजामती कर्मचारी ऐनमा सवै तहका कर्मचारीका हकहितका कुरालाई समावेश तत्काल जारी गर्नुपर्ने बताए ।कार्यक्रममा जैमिनी नगरपालिकाका नगर उपप्रमुख हरिहर शर्मा, बागलुङका प्रमुख जिल्ला अधिकारी रमेश ढकाल, धौलागिरी अस्पतालका प्रमुख मेडिकल सुपरिटेण्डेन्ट डा. शैलेन्द्र वि. पोखरलेले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रम नेपाल निजामती कर्मचारी युनियन बागलुङका अध्यक्ष देव शर्मा आचार्यको अध्यक्षता, आधिकारीक ट्रेड युनियनका जिल्ला उपाध्यक्ष

    दुर्गा प्रसाद शर्माको स्वागत र युनियनका सचिव नारायण पौडेलको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा विभिन्न कार्यालयमा कार्यरत १३ जना कर्मचारीले रक्तदान गरेका थिए बाँकीले आउँदा दिनमा सम्पर्क गरेर रक्तदानका निम्ती बोलाउने सचिव पौडेलले जानकारी दिए । 


    बागलुङ पोस्ट

    सम्बन्धित समाचार